Skip This
सप्तरीमा आगलागी हुँदा दुई करोडबराबरको क्षति
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २९ आइतबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका राजविराज
२o७८ फाल्गुण २९ आइतबार १६:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तरीमा आगलागी हुँदा दुई करोडबराबरको क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, राजविराज
नयाँ पत्रिका
२o७८ फाल्गुण २९ आइतबार १६:o८:oo

सप्तरीको अग्निसार कृष्णासवरन गाउँपालिका– ४ टेंग्रीमा गएराति आगलागी हुँदा २७ वटा घरमा क्षति पुगेको छ। आगलागीका कारण १० घरमा पूर्ण क्षति भएको छ। स्थानीय डम्बर यादवको घरबाट मध्यराति सल्केको आगो करिब ४ घन्टाको प्रयासपछि नियन्त्रणमा लिइएको थियो।

स्थानीय डम्बर यादवको चार घर, दिनेश यादवको तीन घर र एउटा गोठ, फुलदेव यादवको दुई घर र एउटा गोठ, भोला यादवको तीन घर र एउटा गोठ, मनोज यादवको दुई घर र एउटा गोठ तथा श्याम यादवको एउटा घरमा भएको छ।

आगलागीका कारण महेश यादव, वृजनारायण यादव र सत्यनारायण यादवको पनि एक–एकवटा घर र एक–एकवटा गोठमा क्षति भएको वडा नम्बर ४ का अध्यक्ष तेजनारायण यादवले जानकारी दिए। ती परिवारहरूको घर र गोठसहित नगद, गरगहना लत्ताकपडा, फर्निचर, अन्नपात, विद्युतीय सामग्रीहरु जल्दा करिब दुई करोड रुपैयाँबराबरको क्षति भएको अनुमान गरिएको छ।

अध्यक्ष यादवका अनुसार छोरीको विवाहका लागि डम्बर यादवले घरमा राखेको दुई लाख ५० हजार नगद, एक तोला सुन र १० तोला चाँदीसमेत जलेको छ। हनुमाननगर कंकालिनी, कञ्चचनरूप र शम्भुनाथ नगरपालिकाबाट पुगेका बारुण यन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।