१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १८:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

निजामतीमा नयाँ कर्मचारी संगठन दर्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १८:३२:oo

निजामती सेवाका कर्मचारीहरूले नयाँ कर्मचारी संगठन दर्ता गरेका छन् । बुधबार श्रम विभागमा ‘एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल’ दर्ता भएको हो । 

१४ हजार ७ सय ५३ कर्मचारीको हस्ताक्षरसहित बुधबार संगठन दर्ता भएको संगठनका अध्यक्ष मोहन घिमिरेले बताए । निजामती सेवामा नयाँ संगठन दर्ता गर्न ५ हजार हस्ताक्षर चाहिने प्रावधान निजामती सेवा नियमावलीमा छ ।

संगठनले जिल्ला र विभागीय गरी ४७ वटा कार्यसमिति गठन गरेको छ । नेपाल निजामती कर्मचारी संगठन पुनर्गठन गरी नयाँ संगठन बनाइएको घिमिरेले बताए ।

ad
ad