१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १४:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

यातायात महासंघद्वारा भाडा समायोजनको माग गर्दै आन्दोलनको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १४:४७:oo

सार्वजनिक यातायात केन्द्रीय महासंघले आन्दोलनको घोषणा गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिई भाडा समायोजन गर्न माग गर्दै महासंघले आन्दोलनको घोषणा गरेको हो । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै एक हप्ताभित्र समस्या समाधान नभए महासंघले आगामी चैत १ गतेबाट आन्दोलनमा जाने घोषणा गरेको हो । 

महासंघले हाल कायम भाडादरमा अन्तरप्रदेश र प्रदेशस्तरीय रुटमा न्यूनतम २६ प्रतिशतले वृद्धि गर्न र ट्याक्सीको हकमा सुरुवाती ८० रुपैयाँ तथा भाडा प्रतिमिटर ६० रुपैयाँका दरले समायोजन गर्न सरकारसँग माग गरेको छ । 

महासंघका अध्यक्ष डोलनाथ खनालले अन्तिमपटक भन्दै सरकारलाई ७ दिनको समय अवधिमा माग सम्बोधन गर्न आग्रह गरेको बताए । उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको आधारमा सरकारले तत्काल भाडा समायोजन गर्नुपर्ने बताए । अध्यक्ष खनालले आन्दोलनका लागि सरकारलाई सातदिने अल्टिमेटम दिएको बताए ।
 

ad
ad