Skip This
बाग्लुङमा विद्युतीय राहदानी वितरण सुरु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १३:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाग्लुङमा विद्युतीय राहदानी वितरण सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:५७:oo

बाग्लुङमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुरु गरिएको छ। जिल्लामै पहिलोपटक जैविक विवरण (बायोमेट्रिक)सहितको राहदानी वितरण सुरु भएको हो।

आइतबार एक युवालाई विद्युतीय राहदानी हस्तान्तरण गरेर जिल्ला प्रशासन कार्यालयले वितरणको शुभारम्भ गरेको हो। सरकारले ‘मेसिन रिडेबल पासपोर्ट’ (एमआरपी) विस्थापित गरी व्यक्तिको जैविक विवरणसहितको पासपोर्ट लागू गरेपछि पहिलोपटक विद्युतीय राहदानी वितरण सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले बताए। 

जिल्ला प्रशासनले माघ २८ गतेदेखि जिल्लामा विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको फाराम संकलन सुरु गरेको थियो। पासपोर्टको फाराम एकीकृत गरी पठाएको १५ दिनमा तयारी पासपोर्ट जिल्लामा प्राप्त भएको प्रशासकीय अधिकृत सूर्यलाल विश्वकर्माले जानकारी दिए।

यसअघि सामान्य एमआरपी पासपोर्ट प्राप्त हुन न्यूनतम एक महिना लाग्थ्यो। ई–पासपोर्ट १५ दिनमै तयार भएको छ। प्रशासन कार्यालयले व्यक्तिको जैविक विवरण कार्यालयभित्र नै लिने गरेको छ। व्यक्तिगत विवरणका लागि व्यक्तिले अनलाइनमार्फत फाराम भर्न सक्ने प्रशासकीय अधिकृत विश्वकर्माको भनाइ छ। 

सरकारले विद्युतीय राहदानी कार्यान्वयनका लागि गत मंसिर १ गतेदेखि एमआरपी फाराम संकलन बन्द गरेको थियो। एमआरपीको म्याद भएको समयसम्म सोही पासपोर्टले काम गर्छ। प्रशासनले दैनिक १० फाराम लिने गरेको छ। रासस