१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format ११:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कैदीबन्दीलाई फिल्टर वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४७:oo

जुम्ला सदरमुकाम खलंगामा रहेको कारागारका कैदीबन्दीलाई शुद्ध पानी पिउनका लागि फिल्टर वितरण गरिएको छ। कारागारमा रहेका एक सय १४ कैदीबन्दीका लागि चन्दननाथ नगरपालिकाले पाँचवटा फिल्टर वितरण गरेको हो।

फिल्टरसँगै उपमेयर अप्सरादेवी न्यौपानेले खेलकुद सामग्री पनि वितरण गरेकी छिन्। उनले कारागारमै पुगेर दुई सेट भलिबल, चार सेट ब्याटमिन्टन र एक सेट क्यारेमबोर्ड दिएकी हुन्। जनतासँग उपमेयर कार्यक्रमअन्तर्गत नगरपालिकाले कैदीबन्दीलाई ती सामग्री उपलब्ध गराएको हो। उपमेयर न्यौपानेले कैदीबन्दीलाई भेटेर कारागारभित्रका समस्याबारे समेत जानकारी लिइएकी थिइन्।

खलंगा बजारमा जनघनत्व बढ्दै गएपछि पछिल्लो समय खानेपानी अपुग हुने गरेको छ। जिल्लाका हरेक स्थानीय तहबाट चन्दननाथ नगरपालिकामा स्थायी तथा अस्थायी बसोवास वृद्धि हुँदै गएपछि खानेपानीको समस्या बढेको हो। जिल्ला कारागारमा अहिले दैनिक चार घन्टा मात्रै खानेपानी आउने गरेको छ।