१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १८:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रसुवाको उत्तरी भेगका तामाङले मनाए तिर पर्व

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १८:o९:oo

रसुवाको उत्तरी भेगका तामाङ समुदायले तिर पर्व मनाएका छन् । जिल्लाको उत्तरी भेगका तामाङ समुदायले आइतबार हर्षोल्लासका साथ तिर पर्व मनाएका हुन् । 

नयाँ वर्ष ग्याल्बो ल्होसारको तेस्रो दिन बृद्घिम, टिमुरे, लाङटाङलगायतका स्थानमा तिर हानेर यो पर्व मनाइन्छ । तामाङ संस्कृतिको पहिरनमा गत वर्षजस्तै यो वर्ष पनि तिर हानी पर्व मनाएको गोसाइँकुण्ड गाउँपालिका–३ लिङलिङका स्थानीय कैसाङ तामाङले बताए ।

वर्षौँदेखिको संस्कृति लोप हुन नदिन हरेक वर्ष सबै भेला भई यो पर्व मनाउने गरिएको उनले बताए । यो पर्वमा गाउँका युवाहरूले नाचगान गर्छन् । र, तिर हान्ने प्रतियोगिता नै सञ्चालन हुन्छ । तिर हान्ने प्रतियोगितामा प्रथम, द्वित्तीय र तृतीय हुनेलाई पुरस्कृतसमेत गर्ने गरिएको छ ।

आपसी मेलमिलाप र सद्भावको विकास गर्दै गाउँमा प्राकृतिक प्रकोप, रोगव्याधी र अनिकाल नपरोस् भनेर गाउँका सबैजना भेला भई पूजाआजा गरी यो पर्व मनाउने गरिएको उनले बताए । हर्षाेल्लासका साथ तिर हान्ने पर्व मनाएसँगै यो वर्षको ग्याल्बो ल्होसार पर्व सम्पन्न भएको उनले जानकारी दिए ।

ad
ad