मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ फाल्गुण २२ आइतबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २२ आइतबार १७:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेले विशेष कारणवश जनतामा जाऊँ भनेको हो, आफ्नो भनाइमा अडिग छौँ : सुवास नेम्वाङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २२ आइतबार १७:४२:oo

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले स्थानीय तहको निर्वाचन सार्नको लागि अर्ली इलेक्सनको कुरा उठाइएको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विगतमा एमालेले विशेष कारणवश जनतामा जाने भनेको र आफूहरू अझै पनि उक्त भनाइमा अडिग रहेको बताए।

'अहिले आएर अचानक यो ढंगले संसद् विघटन भयो भने र चुनावमा अलि चाँडो जनताबीचमा जानुपर्यो भने, त्यसलाई प्रतिगमन भन्ने साथीहरूले अहिले किन यस्तो सोचाइ ल्याइरहेका छन् ? उहाँहरूको कतै हेरेर कतै हिर्काउने भन्ने छ नि एउटा भनाइ, यसबाट पनि बुझ्नुस् तपाईंहरूले उहाँहरूको सोझो हिँडाइ छैन। उहाँहरू मलाई लाग्छ, स्थानीय तहको निर्वाचन भत्काउन लाग्ने, त्यसलाई पर पुर्याउने, निर्वाचनहरूमै गढबढ गर्नेलगायतका कुराहरू हुन सक्छन्। तर, एउटा कुरा के हो त भन्दा हामीले विशेष कारणवश जनतामा जाऊँ न भनेकै हो। हामी आफ्नो भनाइमा अडिग छौँ,’  उनले भने।

महाभियोगको प्रक्रियालाई उपयुक्त निष्कर्षमा पुर्याउनका लागि भूमिका खेल्न सो समितिमा एमालेले नाम दिएको पनि उनकाे दाबी छ। ‘यो महाभियोगको प्रक्रियालाई ठीक ढंगले उपयुक्त निष्कर्षमा पुर्याउनका लागि हामीले भूमिका खेल्न भनेर संसद् सचिवालयलाई नाम दिएका हौँ। त्यो नाम आज हामीले उपलब्ध गराएका छौँ। संसद्का समितिका बैठकहरूमा अहिले पनि हामी भाग लिइरहेका छौँ। त्यसैले आजबाट यसमा संलग्न भएको भन्ने होइन। आजै पनि यो समिति पारित भइरहँदा हामी प्रतिनिधिसभाको वेलमा नारा लगाइरहेका थियौँ,’ नेम्वाङले भने।