Skip This
‘वातावरण तथा जलवायु अनुकूल विकासमा नेपाली युवा’ परियोजना सञ्चालन हुने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २० शुक्रबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ फाल्गुण २० शुक्रबार १९:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘वातावरण तथा जलवायु अनुकूल विकासमा नेपाली युवा’ परियोजना सञ्चालन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण २० शुक्रबार १९:३९:oo

मधेस प्रदेश, कर्णाली र सुदूपश्चिम प्रदेशमा ‘वातावरण तथा जलवायु अनुकूल विकासमा नेपाली युवा’ परियोजना सञ्चालन हुने भएको छ । युथ इन्नोभेसन ल्याबको नेतृत्व र Restless Development Nepal, CREASION र CDMS को साझेदारीमा उक्त परियोजना सञ्चालन हुन लागेको शुक्रबार विज्ञप्तिमार्फत जनाइएको छ ।

जनवरी २०२२ देखि डिसेम्बर २०२५ सम्म वातावरण संरक्षण र जलवायु परिवर्तनका क्षेत्रमा तीनै प्रदेशमा युवाहरू परिचालन गरिने जनाइएको छ। कोभिड-१९ को महामारीपश्चात् युवाहरूको रोजगारीका अवसरहरूमा असर परेको समयमा यस परियोजनाद्वारा तीनै प्रदेशलाई प्राथमिकता दिई रोजगारीको अवसरहरू सिर्जना गर्ने परियोजनाको लक्ष्य छ ।

यस परियोजनाले युवाहरूमार्फत स्थानीय तहको जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी तथ्यमा आधारित नीति, योजना तथा कार्यक्रम निर्माण गर्न क्षमता विकास गर्ने जनाइएको छ ।