१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
फाइल फाेटाे ।
Invalid date format १३:१८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युक्रेनमाथिको हमला योजनाअनुसार नै : रुसी राष्ट्रपति पुटिन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१८:oo

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजनाअनुरूप नै भएको बताएका छन्। उनले भनेका छन्, ‘युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ,’ त्यसको तयारी हामीले गरेका थियौँ। रुसको सुरक्षा परिषद्को एक बैठकमा उनले बिहीबार सो धारणा राखेका हुन्।

‘हामीले तोकिएको काम गरेका छौँ र त्यो राम्रोसँग अर्थात् सफलतापूर्वक सम्पन्न पनि गरेका छौँ,’ उनले भने। रुसले युक्रेनमाथि गरेको हमलामा रुसी सेनाले साहसपूर्वक काम गरेको पनि पुटिनले बताए। उनले भने, ‘रुसी सेनाले ठूलो काम गरेको छ, निकै साहसी काम गरेको छ, हामी त्यसैले सफल भएका छौँ।’

रुसको सीमा क्षेत्रमा पश्चिमाहरूबाट खतरा देखिएको तथा रुसलाई पनि आणविक खतरा देखाइएको भन्दै यसका कारण रुसले युक्रेनमा विशेष सैन्य कारबाही गरेको उनले बताए। रुसले गत हप्तादेखि नै युक्रेनमा हमला जारी राखेको छ। बिहीबार रातिसम्म पनि राजधानी युक्रेन र अन्य कतिपय सहरहरूमा रुसी सेनाले हमला जारी नै राखेको बताइएको छ। रासस/सिन्ह्वा