१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका जनकपुरधाम
२o८१ बैशाख २१ शुक्रबार o८:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

मिथिला क्षेत्रमा मनाइने १५ दिने मध्यपरिक्रमा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:o५:oo

मिथिला क्षेत्रमा विशेष धार्मिक महत्वका साथ मनाइने १५ दिने मध्यपरिक्रमा बिहीबार सुरु भएको छ । फागुनको औँसीदेखि पूर्णिमासम्म मनाइने यस परिक्रमाअन्तर्गत बिहीबार धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीस्थित मिथिलाबिहारी मन्दिरबाट किशोरी जिको डोला निकालिएको छ ।

मधेस प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री सत्रुधन महतो, मिथिलाबिहारी नगरपालिकाका मेयर सुनील यादव, धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडल, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का कार्यकारी निर्देशक बलराम ठाकुरसहितले काँधा थाप्दै किशोरी जिको डोला बाहिर निकालेपछि परिक्रम सुरु भएको हो । परिक्रमा प्रारम्भ गर्नुअघि नेपाल प्रहरीले किशोरी जिको डोलाई सलामी दिएको थियो । 

यस परिक्रमले धनुषा, महोत्तरी र भारतको विहारका दर्जनौँ धार्मिक ऐतिहासिक ठाउँहरू समेट्छ । परिक्रमामा नेपालको ९० किलोमिटर र भारतको ३० किलोमिटर गरी एक सय २० किलो मिटर भू–भागको परिक्रमा गरिन्छ ।

बृहत्, मध्य र अन्तरगृह गरी तीन प्रकारको परिक्रमा गरी मनाइने गरिन्छ । तर, विभिन्न समस्याका कारण वर्तमान समयमा मध्य परिक्रमामा रुचि राख्नेहरू बढेको साहित्यकार डा.राजेन्द्र विमलले बताए । मिथिला माहात्ममा मध्यपरिक्रममा १८औँ शताब्दीभन्दाअघि देखि नै सुरु भएको उल्लेख छ । 

परिक्रममाअन्तर्गत क्रमशः जनकपुरको हनुमाननगर, बिहारको कलनास्थित कल्यानेश्वर, भारतकै फूलहरस्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही,  करुण (भारत), विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात् १५आँै दिन जनकपुरको अन्तरगृह परिक्रम गरी मध्यपरिक्रमा सम्पन्न हुने जानकी मन्दिरका  महन्थ रामतपेशर दासले जानकारी दिए ।

परिक्रम सम्पन्न भएको भोलिपल्ट जनकपुरसहितका क्षेत्रमा होली पर्व मनाउने चलन छ । परिक्रम नेपाल र भारतका भूमिसँग जोडिएकोले परापूर्वकालदेखि यी दुई मुलुकको सम्बन्ध सुमधुर राख्न यसले ठूलो भूमिका निर्वाह गर्दै आएको छ ।

ad
ad