१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १६:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

रुस छाड्न आफ्ना नागरिकलाई फ्रान्सको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १६:o६:oo

फ्रान्सले बिहीबार आफ्ना नागरिकहरूलाई युक्रेनमा मस्कोको आक्रमण तथा रुस र युरोपेली संघबीचको हवाई क्षेत्र बन्द गरेपछि उनीहरूको उपस्थिति आवश्यक नभएको खण्डमा रुस छोड्न आग्रह गरेको छ।

‘रुसले युक्रेनमा गरेको आक्रमण र अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाएको सन्दर्भमा हामीले आफ्नो सतर्कता बढाउनुपर्छ,’ विदेश मन्त्रालयले आफ्नो वेबसाइटमा लेखेको छ। मन्त्रालयले फ्रान्सेली नागरिकहरूलाई रुसमा रहेको आफ्नो दूतावासको वेबसाइटमा फ्रान्सको लागि ‘अप्रत्यक्ष’ उडानहरूको ‘गैरविस्तृत’ सूचीका लागि इयू सदस्य राष्ट्रहरूले रुसी विमान र सेवाहरूका लागि आफ्नो एयरस्पेस बन्द गरेपछि फ्रान्सले सो आग्रह गरेको हो। 

त्यहाँ धेरै कम उडानहरू रहेका र  जोसँग रुसमा रहन बिल्कुल आवश्यक कारण छैन उनीहरूले छोड्ने छनाेट गर्नुपर्ने विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्। फ्रान्सेली सरकारले आफ्ना नागरिकहरूलाई रुसको सबै यात्रा स्थगित गर्न आग्रह गरेको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि गत फेब्रुअरी २४  देखि  सैन्य आक्रमण सुरु भएको घोषणा गरेका थिए। टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दैै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वीक्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रुसको आत्मरक्षाका लागि भएको दाबी गरेका थिए। तर, रुसी सेनाले राजधानी किभलगायत अन्य स्थानमा पनि आक्रमण गरेको छ।

आठ वर्षअघि १८ मार्च २०१४ मा युक्रेनको पूर्व–दक्षिण क्षेत्रमा अवस्थित सामरिक महत्वको क्राइमियालाई गाभेको रुसले फेरि पूर्वीयुक्रेनका डोनेस्क र लुहान्स्कलाई केही दिनअघि स्वतन्त्र राज्य घोषणा गरेको थियो। रासस/एएफपी

ad
ad