मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण १९ बिहीबार ०७:२३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पोखराबाट बुद्ध एयरको सात सहरमा उडान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण १९ बिहीबार ०७:२३:००

 बुद्ध एयरले पोखरालाई आधार (बेस) बनाएर विभिन्न सहरको उडानलाई तीव्रता दिएको छ । बुद्धले पोखरालाई देशका सातवटा सहरसँग सीधा हवाई सेवामार्फत जोडेको छ । अरू सहरमा पनि सीधा उडान गर्ने तयारी भइरहेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले बताए । बुद्धले बुधबार पोखरा–धनगढी नियमित उडान सुरु गरेको छ । दुईतर्फ उडानमा १८ सिट क्षमताको विचक्राफ्ट जहाजका सबै सिट भरिएको प्रवक्ता कर्णले जानकारी गराए ।

अब धनगढीबाट पोखरा जानका लागि हवाईयात्रुले काठमाडौं आउनैपर्ने बाध्यता अन्त्य भएको छ । कम्पनीले बिहीबारदेखि पोखराबाट जनकपुर नियमित उडान सुरु गर्न लागेको उनले बताए । पोखरा र जनकपुर दुवै पर्यटकीय क्षेत्र भएको हुँदा पर्यटकलाई यात्रा गर्न सहज हुने कम्पनीले विश्वास व्यक्त गरेको छ । 

बुद्धले यसअघि नै पोखराबाट धनगढी, नेपालगन्ज, भैरहवा, चितवन, काठमाडौं र सिमरामा सीधा उडान सुरु गरिसकेको छ । यस्तै, भैरहवा र चितवन पनि हवाई सेवाबाट जोडिएको छ । विराटनगरबाट तुम्लिङटार नियमित उडान गरिरहेको बुद्धले विराटनगर–भद्रपुर उडान पनि सुरु गर्ने तयारी गरिरहेको कर्णले बताए । अहिले बुद्धले पोखराबाट सबै गन्तव्यमा विचक्राफ्टबाट उडान गरिरहेको छ ।