मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ फाल्गुण १७ मंगलबार
  • Thursday, 27 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १७ मंगलबार १६:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १७ मंगलबार १६:५६:oo

राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथको दर्शन गरेकी छिन्। दिउँसो ४ः१५ बजे भण्डारी पशुपतिनाथ दर्शन गर्न पुगेकी हुन्। दर्शनका लागि राष्ट्रपति मन्दिर प्रवेश गरेपछि सर्वसाधारणलाई केही समय मन्दिरबाहिरै रोकिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए।

अधिकारीका अनुसार राष्ट्रपतिले दर्शन गरेर फर्किएपछि सर्वसाधारणलाई मन्दिर दर्शन गर्न दिइएको छ। कोषका अनुसार आज बिहानदेखि दिउँसो चार बजेसम्म पाँच लाख भक्तजनले मन्दिर दर्शन गरेका छन्। मन्दिरबाहिर र आसपासमा भक्तजनको भिड लागेको छ। रातिसम्म करिब आठ लाख भक्तजनले दर्शन गर्ने अनुमान गरिएको छ।