१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १४:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

ओली भन्छन्– राजीनामा नदिए सभामुखविरुद्ध एमालेले महाभियोग प्रस्ताव ल्याउनसक्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:२९:oo

एमालेका अध्यक्ष केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव ल्याउने बताएका छन्। मंगलबार पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन्।

‘हामी सभामुखविरुद्ध महाभियोग ल्याउन पनि सक्छौँ, नल्याउन पनि सक्छौँ यदि उहाँले समयमै राजीनामा दिनुभयो भने,’ उनले भने। राजनीतिक हिसाबले आपराधिक गतिविधि गर्ने एमाले संसद्लाई गरेको कारबाहीलाई मान्यता दिन ढिलाइ गरेर सभामुखले गैरकानुनी काम गरेको उनकोे आरोप छ।

‘राजनीतिक हिसाबले आपराधिक गतिविधि गर्ने एमाले संसद्लाई हामीले कारबाही गरेका थियौँ। तर, त्यसलाई मान्यता नदिएर नयाँ पार्टी खोलाउन सभामुखले भूमिका खेल्ने काम भयो। हामीमाथिको अन्यायलाई सम्बोधन गरियोस् भनेर हामीले माग राख्दै आयौँ। तर, यसलाई सम्बोधन गर्न सरकार तयार भएन।’ ओलीले गठबन्धन देशको आवश्यकता नभएको बताए। उनले भने, ‘गठबन्धन उहाँहरूका लागि आवश्यक हो, देशका लागि होइन।’

ad
ad