१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १६ सोमबार
  • Friday, 09 May, 2025
२o७८ फाल्गुण १६ सोमबार o९:२८:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

स्व. अम्बर गुरुङको नाममा  दुई लाखको पुरस्कार स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण १६ सोमबार o९:२८:oo

 वरिष्ठ संगीतकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति स्व. अम्बर गुरुङको नाममा पुरस्कार घोषणा गरिएको छ ।पोखरेली युवा सांस्कृतिक परिवारले स्व. गुरुङको नाममा ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ स्थापना गरेको हो । पुरस्कार स्थापनाका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त श्रेष्ठ संयोजक रहेको १४ सदस्य समिति गठन गरिएको परिवारका अध्यक्ष मोती भुजेलले जानकारी दिए । 

देश–विदेशमा रहेर नेपाली गीत, संगीत, गायन र वाद्यवादनमा विशिष्ट योगदान पुर्‍याउने स्वदेशीसँगै विदेशी व्यक्ति वा संस्थालाई प्रत्येक दुई–दुई वर्षमा यो पुरस्कार प्रदान गरिने संयोजक श्रेष्ठले जानकारी दिए । 

पुरस्कार राशि तीन लाख पुर्‍याउने लक्ष्य 
पुरस्कार स्थापनाका लागि भेट्रान ग्रुप हङकङले करिब तीन वर्षअघि आयोजना गरेको गायक तथा संगीतकार विक्रम गुरुङको ‘मेरो संगीत यात्रा’बाट बचत पाँच लाख रुपैयाँ स्व. गुरुङको परिवारलाई हस्तान्तरण गरेको थियो । सोही रकमबाट परिवारले कोष स्थापना गरेको थियो । दुई वर्षअघि पोखरेली मञ्च युकेले सरुभक्तको ‘सिर्जनाको घेराभित्र सरुभक्त’ नामक कार्यक्रमबाट बचत गरेको दुई लाख ५० समेत सोही कोषमा थपिएको थियो । योसँगै कोषमा हाल १२ लाख जम्मा भइसकेको छ ।

कोषलाई बढाएर पहिलो चरणमा २० लाख र पछि ३० लाख पुर्‍याएर पुरस्कार राशिसमेत तीन लाख पु¥याउने परिवारको योजना रहेको छ । स्व. गुरुङको जन्म १५ फागुन १९९४ मा भारतको दार्जिलिङमा भएको थियो । गुरुङको पुख्र्याैली घर तनहुँ हो । उनको मृत्यु २०७३ सालमा भएको हो ।