१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार १२:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बुद्धको ज्ञान र सन्देशमार्फत नेपाललाई विश्वभर चिनाउनुपर्छ : मेयर शाक्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:२७:oo

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बुद्ध जन्मिएको देशमा बुद्धको ज्ञान र सन्देशको प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । महानगरको आर्थिक सहयोगमा निर्माण भएको अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रको नयाँ धम्महल भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

‘नेपाल बुद्ध जन्मिएको देश भए पनि बुद्धबारे अध्ययन गर्न र बुद्धको ज्ञान लिन देशबाहिर जानुपर्ने बाध्यता अहिले पनि रहेको भन्दै धेरैतिरबाट सुझाव आयो,’ प्रमुख शाक्यले भने, ‘यस्तो सुझावको सम्बाेधन गर्दै काठमाडौं महानगरपालिकाले बुद्ध जन्मिएको देशमा बुद्धको ज्ञान र सन्देशको प्रवर्द्धन गर्नुपर्छ भन्ने हेतुले सहयोग गर्दै आएको छ ।’

सो भवन निर्माणका लागि महानगरले तीन करोड ७८ लाख आर्थिक सहयोग गरेको छ। प्रमुख शाक्यले काठमाडौं महानगरपालिका क्षेत्रभित्रको धर्म, संस्कृति, परम्परा बचाउने दायित्व राज्यसँगै महानगरपालिकाको पनि भएको बताए। 

उनले गौतम बुद्धको जन्मथलो लुम्बिनीमा नेपाली मौलिकता झल्किने बज्रयान विहार निर्माणका लागि पनि महानगरपालिकाले लगानी गरेको बताए। महानगरको करिब चार करोड २९ लाख १८ हजार सहयोगमा विहारका कलात्मक झ्याल, ढोका, टुँडाल र परम्परागत नेपाल मण्डल द्वार निर्माण भएको छ। नेपाली बौद्धकला, वास्तुकलाका विहार बन्न छाडेको तीन सय ७२ वर्ष भएको र तीन सय ७२ वर्षपछि अहिले उक्त विहार स्वदेशकै लगानीमा बनेको पनि शाक्यले बताए । 

धर्मनरसिंह शाक्य र चन्द्रादेवी शाक्यले प्रदान गरेको १५ आना दुई पैसामा करिब ७ करोड लगानीमा निर्माण उक्त भवनमा परियति शिक्षासँगै ध्यान शिविर सञ्चालन गरिने केन्द्रका अध्यक्ष प्रत्येकरत्न ताम्राकारले जानकारी दिए। ०४२ सालमा स्थापना भएको बौद्ध भावना केन्द्र करिब सात रोपनी ६ आना तीन पैसा क्षेत्रफलमा फैलिएको छ । केन्द्रले बौद्ध परियन्ती शिक्षा अध्यापन गराउँदै आएको छ ।

ad
ad