१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ जेठ ४ शुक्रबार ११:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

प्रदेश १ को हिउँदे अधिवेशन साढे तीन महिनापछि आजदेखि सुरु हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार ११:४५:oo

प्रदेश १  सभाको स्थगित हिउँदे अधिवेशन साढे तीन महिनापछि आज आइतबारदेखि सुरु हुने भएको छ। तेस्रो मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिएपछि १ मंसिरदेखि अनिश्चितकालका लागि स्थगित भएको प्रदेश सभाको नवौँ तथा  हिउँदे अधिवेशनको सातौँ  बैठक आजदेखि सुरु हुने भएको हो ।

बैठक आज दिउँसो १ बजे बस्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। राजनीतिक उतारचढावले गर्दा चालू वर्षको माघमा सुरु गर्नुपर्ने हिउँदे अधिवेशन एमालेका तत्कालीन मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले  चार महिना अगावै २२ असोजमा अचानक सुरु गराएको थियो।

अल्पमतमा परेपछि  आचार्यले १५ कात्तिकमा संसद् बैठक घोषणा गरेर राजीनामा दिएका थिए। त्यसपछि पाँचदलीय गठबन्धनबाट  नियुक्त भएका मुख्यमन्त्री राईले १ मंसिरमा संसदबाट विश्वासको मत लिएका थिए। विश्वासको मत लिएपछि हिउँदे अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको थियो।

ad
ad