१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
श्रवण थापा सर्लाही
२o८१ जेठ ५ शनिबार ११:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चोरीको मोटरसाइकल र गाँजासहित चारजना पक्राउ

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:३७:oo

सर्लाही प्रहरीले चोरीको मोटरसाइकल र लागुऔषध गाँजासहित छुट्टाछुट्टै घटनामा चारजनालाई पक्राउ गरेको छ। चोरीको मोटरसाइकलसहित दुईजना र गाँजासहित दुईजना पक्राउ परेका हुन्।

शनिबार मध्यराति बागमती नगरपालिका– ९ बाट हराएको ज.६प २६०४ नम्बरको मोटरसाइकल आठ घन्टापछि आइतबार बिहान प्रहरी चौकी राजघाटको टोलीले बरामद गरेको हो। इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार मोटरसाइकल चोरी गरेर शंकरपुर जंगलमा लुकाइराखेको अवस्थामा बरामद भएको हो।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले बागमती नगरपालिका– ९ शंकरपुर बस्ने १९ वर्षका विनोद महतो र सोही स्थानका १८ वर्षका अनिलकुमार यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए।

यता, शनिबार मध्यराति लालबन्दी नगरपालिका– २ जुटपानी नहरबाट प्रहरीले लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको ब्रह्मपुरी गाउँपालिका– ४ बस्ने अन्दाजी २० वर्षका तमने साह र सोही मोटरसाइकलको पछाडि सवार सोही स्थानका १८ वर्षका मोहमद शेराज रहेका छन्। 

बिआर ३० डब्लू ६५६४ को भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार उनीहरूको साथबाट नाै किलो चार सय ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरीका निमित्त प्रवक्ता जटाशंकर यादवले जानकारी दिए। उनीहरूले चामलको सेतो बोरामा पोको पारेर गाँजा भारततर्फ तस्करी गर्न लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो।

ad
ad