Skip This
एमसिसीका विषयमा अहिले कुनै धारणा बनाएका छैनौँ : उपाध्यक्ष बादल
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १५:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसीका विषयमा अहिले कुनै धारणा बनाएका छैनौँ : उपाध्यक्ष बादल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:३९:oo

नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टीको माग पूरा भए एमसिसीबारे धारणा बनाउने बताएका छन् । पार्टीको कर्णाली प्रदेश प्रशिक्षणका लागि सुर्खेत आएका थापाले पहिले १४ सांसद पदमुक्त हुनुपर्ने र सभामुख अग्नि सापकोटाले नैतिकताका आधारमा राजीनामा दिए एमसिसीबारे पार्टीले धारणा बनाउने बताएका हुन्।

‘सभामुखले सूचना टाँस गर्नुभएको छैन। अब सूचना नटाँसेपछि निश्चित रूपमा सभामुखले राजीनामा दिनुपर्छ र मार्गप्रशस्त गरिदिनुपर्छ,’ उनले भने,‘अरू विषयमा हाम्रो कुनै निर्णय भएको छैन। यी माग पूरा नभए एमाले कुनै प्रक्रियामा सहभागी नहुने थापाले प्रष्ट पारेका छन्।

कांग्रेससँग सहकार्यका विषयमा अहिले कुनै ठोस पहल नभएको उनले बताए। १४ सांसद पदमुक्त गर्ने र सभामुखका विषयमा सहमति भए कांग्रेससँग सहकार्य हुन सक्ने उपाध्यक्ष थापाको भनाइ छ।