१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ८ मंगलबार १४:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

ओली फेरि सत्तामा आए देश सिध्याइदिन्छन्–अध्यक्ष नेपाल (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १४:५३:oo

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपालको राष्ट्रिय सम्मेलनमा उनले यस्तो बताएका हुन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले ओली नेतृत्वको सरकारले नेपाललाई इन्डाेप्यासिफिक रणनीति (आइपिएस)को अंग बनाएर सिध्याउने काम गरेको भन्दै आफूहरूले बचाएको दाबी गरे। ओली फेरि सत्तामा आए आइपिएसको अंग बनाएर नेपाललाई सिध्याउने भन्दै उनले त्यसो हुन नदिन पनि सत्तारुढ गठबन्धनलाई जोगाउन लागिपरेको बताए। उनले एमाले अध्यक्ष ओलीलाई नेपाली राजनीतिको घाँडोको संज्ञासमेत दिएका छन्।

'एमसिसीलाई यथास्थितिमा हामी पास गर्न सक्दैनौं। अब कुरा के हो त ? एमसिसी कहाँकहाँ जोडिएको छ त ? यो इन्डाेप्यासिफिक अंग बनाएर आएको छ। यो अंग बनायो कसले ? त्यही वामपन्थी भनिने केपी ओलीको आफ्नै मन्त्री प्रदीप ज्ञवालीले गएर नेपाललाई इन्डाेप्यासिफिक रणनीतिको अंग बनाउने कागजमा सही गरेर आए। त्यसपछि नेपाल त्यसको अंग बन्यो। पछि श्रीलंकाको नाम काटियो। नेपालको नाम रह्यो। जब नेपालमा त्यसको हामीले जोडदार विरोध ग–यौँ त्यसैको कारण अहिले बल्ल त्यसमा नेपालको नाम काटिन पुगेको छ। यो नेपाली जनताको संघर्षबाट भएको हो। केपी ओलीले सिध्याइसकेका थिए, नेपाललाई इन्डाेप्यासिफिक अंग बनाउनका लागि। त्यो मान्छेको दिमागमा अहिले पनि झलझल्ती छ–केपी आएपछि त फेरि सिध्याइदिन्छन्, फेरि बनाइदिन्छन्। त्यो हुनाले हामी रह्यौँ भने त्यो बन्दैन,’ अध्यक्ष नेपालले भने।

 

ad
ad