१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १७:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महामन्त्री शर्माको प्रश्नः एमसिसीमा क्षणिक लोकप्रियता रोज्ने कि दीर्घकालीन लोकहित ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १७:३२:oo

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमसिसीका विषयमा राजनीतिक दलहरूले क्षणिक लोकप्रियता रमाउने हो या दीर्घकालीन हितबारे भन्ने निर्क्याैल गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले राजनीतिक दलका द्वैध चरित्रका कारण एमसिसीका विषयमा गतिविधि भइरहेको प्रतिक्रिया दिएका हुन्। 

साथै उनले एमसिसीविरूद्ध प्रदर्शन हुनुमा युवाहरूको कुनै दोष नभएको उल्लेख गरेका छन्। उनले द्वैध चरित्र भएका नेताहरूका कारण युवाहरू सडकमा आउनुपरेको बताएका छन्।

‘सडकमा एमसिसीको विरोध गरिरहेको युवाको कुनै दोष छैन। दोषी त ती द्वैध चरित्र भएका नेताहरू हुन् जो बालुवाटारमा एउटा कुरा गर्छन् बानेश्वरमा अर्को ! अब टुंगो गरौँ, क्षणिक लोकप्रियता रोज्ने कि दीर्घकालीन लोकहित ? आवेग र उग्रताले राष्ट्रहरू समृद्ध बनेका छन् कि जिम्मेवार राष्ट्रवादले ?’ उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।
 

सडकमा Mcc को विरोध गरिरहेको युवाको कुनै दोष छैन l दोषी त ती द्वैध चरित्र भएका नेताहरू हुन् जो बालुवाटारमा एउटा कुरा गर्छन् बानेश्वरमा अर्को !

अब टुंगो गरौँ, क्षणिक लोकप्रियता रोज्ने कि दीर्घकालीन लोकहित ? आवेग र उग्रताले राष्ट्रहरू समृद्ध बनेका छन् कि `जिम्मेवार राष्ट्रवादले ?

— Bishwa Prakash शर्मा (@bishwaprakash77) February 24, 2022
ad
ad