१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १४:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीले ‘ब्ल्यांक चेक’ माग्नुभएको छ, प्रस्ट नभई एमालेले दिँदैन : सचिव भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:४१:oo

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले सहमति नभएसम्म एमालेले एमसिसीका विषयमा सहकार्य नगर्ने बताएका छन्। संसद् बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले प्रमु्ख सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल एमालेबीच संवाद निरन्तर रहे पनि निष्कर्षमा नपुगेको बताए।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग सहकार्यका लागि अनुरोध गरे पनि के–कसरी सहकार्य भन्ने विषयमा स्पष्ट नपारेको बताए। ‘छलफल हुनु सकारात्मक हो। प्रधानमन्त्रीले ब्ल्यांक चेक माग्नुभएको छ,’ उनले भने, ‘कुरा प्रस्ट नभई एमालेले दिँदैन। ब्ल्याक एन्ड ह्वाइट हुनुपर्छ। सरकारले ल्याएको विधेयकको दायित्व प्रतिपक्षले लिँदैन।’

उनले गठबन्धनको संकटलाई राष्ट्रिय संकटको रूपमा देखाउन खोजिएको भन्दै एमसिसीका कारण भूराजनीतिक चलखेल बढेको बताए। गठबन्धनका कारण देश बन्धक बनेको भन्दै उनले गठबन्धन भत्कन आवश्यक रहेको टिप्पणी गरे।

‘गठबन्धन भत्काउन एमालेले केही गरेको छैन। भत्किए पनि उहाँहरूकै कारण भत्किने हो, गठबन्धन कायम हुने पनि उहाँहरूकै कारण हो। गठबन्धनका कारण मुलुक बन्दक बनेको छ। मुलुकका लागि गठबन्धन भत्कन आवश्यक छ,’ सचिव भट्टराईले भने।

ad
ad