१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o७:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

आज संसदमा एमसिसीमाथि छलफल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:oo:oo

एमसिसीबारे संसदमा बिहीबारदेखि छलफल सुरु हुने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भएको छ । यद्यपि, त्यसअघि बस्ने कार्यव्यवस्था समितिको बैठकले कार्यसूचीमा हेरफेर गर्न सक्छ । संसद् सचिवालयले बुधबार प्रकाशित गरेको सम्भावित कार्यसूचीमा एमसिसीमाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव पेस हुने उल्लेख छ । त्यसलगत्तै एमसिसीमाथि छलफल सुरु हुनेछ ।  आइतबारको बैठकमा एमसिसी पेस भएको थियो । 

संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले प्रस्ताव सैद्धान्तिक छलफलका लागि पेस भएपछि छलफलमा भाग लिन चाहने सांसदले नाम टिपाउने बताए । निर्धारित समयभित्र उनीहरूले आफ्नो धारणा राखेपछि सम्बन्धित मन्त्रीले छलफलमा उठेका जिज्ञासाको जवाफ दिनेछन् । निर्णयार्थ प्रस्तुत हुनुपूर्व सांसदले बोल्ने भएकाले एमसिसीमाथिको छलफल लम्बिन पनि सक्छ । यसमा सभामुखको भूमिका रहन्छ । प्रवक्ता पाण्डेका अनुसार थोरै सांसदले बोले छिटै सकिन्छ र बैठक निर्णयार्थतिर जान्छ, सबैले बोल्न खोजे एकैदिनमा नसकिन पनि सक्छ ।

‘छलफल सकिएपछि यो स्वीकृत वा अस्वीकृतका लागि निर्णयार्थ प्रस्तुत हुन्छ । निर्णयार्थ प्रस्तुत हुँदा बहुमतले स्वीकृत गर्‍यो भने एमसिसी अनुमोदनका लागि प्रक्रिया अघि बढ्छ र थप छलफल अर्को बैठकमा हुन्छ । यदि प्रस्ताव अस्वीकृत भयो भने त्यहीँ टुंगिन्छ,’ पाण्डेले भने । 

हाल प्रतिनिधिसभामा २७१ सदस्य कायम छन् । एमालेका ९८, कांग्रेसका ६१, सभामुखसहित माओवादीका ४९, एकीकृत समाजवादीका २३, जसपाका १९, लोसपाका १३ र राप्रपा, जनमोर्चा, नेमकिपा र स्वतन्त्र एक–एक सांसद छन् । 

एमसिसी प्रस्ताव लिखित मत विभाजनमा जाने सम्भावना
दलहरूबीच सहमति नभई एमसिसी निर्णयार्थ संसद्मा पेस भए प्रस्तावमाथि लिखित मत विभाजन हुने सम्भावना छ । दश प्रतिशत अर्थात् २८ सांसदले माग गरे सभामुखले प्रस्तावलाई लिखित मत विभाजनमा लैजान सक्छन् ।

सभामुखको विकल्प खोज्न कांग्रेस सहमत भए एमाले सदन खुलाउन तयार
एमसिसी सम्झौतासम्बन्धी प्रस्तावमा संसद्मा बिहीबारदेखि छलफल सुरु हुने निश्चित भएपछि प्रमुख प्रतिपक्षी एमालेमाथि निर्णयमा पुग्नैपर्ने बाध्यता आइलागेको छ । यस विषयमा एमाले अहिलेसम्म मौन थियो । सभामुख अग्नि सापकोटालाई हटाउनुपर्ने माग राख्दै एमालेले संसद्मा अवरोध जारी राखेको छ । सभामुखको विकल्प खोज्न कांग्रेस सहमत भए संसद्को अवरोध खुलाउने उसले बताएको छ । 

संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई कांग्रेसको ह्विप
कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई ह्विप लगाएको छ । एमसिसीमाथि छलफल सुरु हुने भएपछि सबै सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन भनेको कांग्रेस सचेतक पुष्पा भुसालले बताइन् । बुधबार एमसिसीमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची छ ।

ad
ad