१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १६:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस नेता पाण्डे भन्छन्– कसैलाई सरकारबाट जबर्जस्ती निकाल्ने पक्षमा छैनौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १६:५६:oo

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले गठबन्धन सरकारका सहयात्री दलहरूलाई सरकारबाट जबर्जस्ती निकाल्ने पक्षमा कांग्रेस नरहेको बताएका छन् । मिलेरै एमसिसी पास गर्न पहल गर्ने उनको भनाइ छ । 

उनले देशमा टुटेको प्रणाली स्थापित गर्नेदेखिको गठबन्धन भएकाले सोही सम्बन्धकै आधारमा गठबन्धन अगाडि बढ्ने विश्वास व्यक्त गरे । ‘एक हातले ताली बज्दैन । सरकारमा बसेर सरकारको कार्यसूचीबाहिर गएर बोलेको शोभनीय देखिँदैन,’ उनले भने, ‘संसदमा पेस भए जसरी नै एमसिसी पास गर्छौँ ।’ 

कांग्रेस गुल्मीले आयोजना गरेको प्रशिक्षणको क्रममा नयाँ पत्रिकासँग कुरा गर्दै पाण्डेले एमसिसीका कारण कसैलाई जबर्जस्ती सरकारबाट बाहिर निकाल्ने पक्षमा आफूहरू नभएको प्रतिक्रिया दिए । अहिलेको गठबन्धनबाहिर निस्कन खोजे र एमाले एमसिसीमा सहयोग गर्न आए पनि कांग्रेसले स्वीकार गर्ने उनले बताए । 

प्रशिक्षित कार्यकर्ता सुदृढ कांग्रेस अभियान
कांग्रेस गुल्मीले नेतादेखि कार्यकर्ता प्रशिक्षणको अभियान सुरु गरेको छ । सोमबार वडा कार्यसमिति सचिवदेखि जिल्ला कार्यसमितिसम्मलाई एकै दिन प्रशिक्षण गरेको छ । केन्द्रीय सहमहामन्त्री बद्री पाण्डे, केन्द्रीय सदस्य डा. गोविन्दराज पोख्रेल र देवराज चालिसेले नेता कार्यकर्तालाई प्रशिक्षण दिएका छन् । पार्टी विचारले सञ्चालन हुने भएकाले कांग्रेसको नीति जनताको बीचमा पुर्‍याउने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले जानकारी दिए । 

अधिवेशनपछिको पहिलो बैठकले ‘गुल्मी कांग्रेसको अठोट सबल वडा सक्षम टोल’ भन्ने संकल्प पारित गरेको छ । ‘गुल्मी कांग्रेसको अठोट सबल वडा सक्षम टोल’ अभियानअन्तर्गत जिल्लाका ९३ वटै वडामा बैठकहरू एकै दिन सम्पन्न भएको पन्थीले बताए ।

ad
ad