१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार १६:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

ब्याजदर बढाउनुपर्ने माग राख्दै सहकारी सञ्चालकहरू आन्दोलनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १६:५२:oo

ब्याजदर बढाउनुपर्ने माग राख्दै सहकारी सञ्चालकहरूले आन्दोलन गरेका छन्। मंगलबार सहकारी विभागअगाडि बचत तथा ऋण केन्द्रीय सहकारी महासंघमा आबद्ध सहकारी सञ्चालकहरूले बैंक तथा वित्तीय संस्थाहरूजस्तै ब्याजदर बढाउन पाउनुपर्ने माग गदै आन्दोलन गरेका हुन्।

ब्याजदर निर्धारण समितिको बैठकमा ब्याजदर बढाउन दबाबस्वरूप सहकारी विभागलाई ध्यानाकर्षण गराउन आन्दोलन गरिएको बचत तथा ऋण केन्द्रीय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। उनले पछिल्लो समय सहकारीहरूमा समेत चरम तरलता अभाव भएकाले तरलता सहज बनाउन ब्याजदर बढाउन पाउनुपर्ने महासंघको माग रहेको स्पष्ट पारेका छन्।

वाणिज्य बैंकहरूले अस्वाभाविक रूपमा ब्याजदर वृद्धि गर्नाले सहकारीहरूमा असर परेको भन्दै ढकालले बैंकहरूले ब्याजदर घटाउनुपर्ने वा सहकारीलाई स्वविवेकले चल्न दिनुपर्ने जिकिर गरे। सहकारीहरूले बचत संकलन गरेर १० लाख सदस्यलाई सेवा दिइरहेको र प्रत्यक्ष रूपमा ८० हजारभन्दा बढीलाई रोजगारी दिइरहेको भन्दै उनले महासंघको माग तत्काल सम्बोधन हुनुपर्ने बताए।

ad
ad