Skip This
असिनापानीले पोखरामा ११ करोड मूल्यबराबरको क्षति (भिडियोसहित)
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
फाइल फाेटाे ।
Invalid date format १२:३२:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

असिनापानीले पोखरामा ११ करोड मूल्यबराबरको क्षति (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३२:oo

पर्यटकीय नगरी पोखरामा गत आइतबार परेको भीषण असिनापानीले ११ करोड रुपैयाँबराबरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ। बाक्लो असिनापानीका कारण केही जनावर मरेका छन् भने तरकारी तथा फलफूलसहित बालीनालीहरू नष्ट भएका छन्।

कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले पोखरा वडा नम्बर ९, ११, १३ र १८ मा धेरै क्षति भएको र अन्य वडामा सामान्य क्षति भएको बताए। असिनाका कारण सो वडाहरूमा तरकारी बाली, नगदे बाली, फलफूल, तोरी, आलुलगायतका बालीमा पूर्ण क्षति पुगेको उनले जानकारी दिए। उनका अनुसार असिनापानी परेको दोस्रो दिनसम्म पनि असिना पग्लिएको छैन। कडरियाले राज्यले कृषकलाई दिएको बिमा सुविधासमेत कृषकले सदुपयोग गरेमा यसप्रकारका क्षतिबाट राहत पुग्न सक्ने बताए।

असिनाकै कारण पोखरा– ११ मा फलमान गुरुङको उदय अर्गानिक कृषि फार्मका दुईवटा भैँसी मरेका छन्। असिनाको भारले गर्दा फार्मको टिन भाँचिएर थिचेका कारण भैँसी मरेका हुन्। त्यस्तै तरकारीका टनेलहरू भत्किएका छन्। गुरुङका अनुसार फर्ममा २० लाख मूल्यबराबरको क्षति भएको  छ।

उता, पोखरा– ११ कै केहरमान गुरुङको गोर्खाली मनकामना नर्सरीमा पनि ठूलो क्षति पुगेको छ। उनले चार रोपनी क्षेत्रफलमा लगाएका विभिन्न जातका फूलमा टनेलसहित क्षति हुँदा २० लाखबराबरको नोक्सान भएको बताए। पोखरा– ११ का वडाध्यक्ष मोहनप्रसाद बाँस्तोलाले पोखरा क्षेत्रमा परेको असिनापानीको मुख्य केन्द्र पोखरा– ११ भएकोले आफ्नो वडामा धेरै क्षति पुगेको बताए।

पोखरा महानगरका कुल ३३ वडामध्ये दुई हजार एक सय ८१ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ। फलफूल तीन सय २० हेक्टर क्षेत्रफलमा, आलु एक हजार दुई सय ५३ हेक्टर क्षेत्रफलमा उत्पादन हुने गरेको छ। पोखरामा गत आइतबार दिउँसो भीषण असिनापानी परेको थियो। असिनापानीले पोखराको सडक केही समय अवरुद्ध भएको थियो।