Skip This
तीन वर्षदेखि विशेषज्ञविहीन स्वास्थ्य केन्द्र
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १० मंगलबार
  • Saturday, 27 July, 2024
२o७८ फाल्गुण १० मंगलबार o८:४३:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

तीन वर्षदेखि विशेषज्ञविहीन स्वास्थ्य केन्द्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण १० मंगलबार o८:४३:oo

चिकित्सकहरू अध्ययन बिदामा गएपछि थारमारेमा नौ महिनादेखि र लेखपोखरामा तीन वर्षदेखि विशेषज्ञ चिकित्सकविहीन 

बाग्चौर नगरपालिकास्थित थारमारे र छत्रेश्वरी गाउँपालिका–४ लेखपोखराका प्राथमिक स्वास्थ्य केन्द्र लामो समयदेखि विशेषज्ञविहीन भएका छन् । दरबन्दीमा विशेषज्ञ डाक्टर आए पनि अध्ययनका लागि जाने भन्दै छोटो समयमै सरुवा हुँदा वर्षौँदेखि स्वास्थ्य केन्द्र अहेबको भरमा छ ।

१४ वर्षअघि स्थापना भएका ती स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सक नहुँदा स्थानीयवासी विशेषज्ञको सेवाबाट वञ्चित बन्दै आएका छन् । चिकित्सकहरू अध्ययन बिदामा गएपछि थारमारेमा नौ महिनादेखि र लेखपोखरामा तीन वर्षदेखि विशेषज्ञ चिकित्सक छैनन् । 

स्वास्थ्य केन्द्रबाट सामान्य उपचारबाहेक अरू सेवा पाउन नसकेको स्थानीय बागचौर नगरपालिकाकी कल्पना विकले बताइन् । बागचौरस्थित स्वास्थ्य केन्द्रमा बाफुखोला, कोटबेद, थारमारे, शिवरथ, कोटबारा, कोटमौला र पिपलनेटाका बिरामीहरू आउँछन् । ‘कहिलै डाक्टर हुँदैनन्, सानो उपचारका लागि पनि निजी मेडिकलमा महँगो शुल्क तिरेर उपचार गराउनुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘अहेबले जाँचेर औषधि छैन मेडिकलमा किन्नु भन्छन् ।’

स्थानीय निर्मला बुढाले डाक्टर नभएकै कारण स्वास्थ्य समस्या देखिँदा पनि प्राथमिक स्वास्थ्य केन्द्र जान छाडेको बताइन् । ‘न त राम्रो उपचार पाइन्छ, न राम्रो सल्लाह नै,’ उनले भनिन् ‘स्वास्थ्य समस्या देखिए घरेलु उपचार गर्छाैं, ठूलो रोग लागे क्लिनिकमा जानु पर्ने बाध्यता छ ।’ 

प्राथमिक स्वास्थ्य केन्द्रका लागि किनिएको एक्सरे मेसिनसमेत लामो समयदेखि जडान हुन नसकेको छत्रेश्वरी–४ लेखपोखराका बलबहादुर पुनले बताए । ‘स्वास्थ्य केन्द्र भए पनि स्वास्थ्यचौकीमा जत्तिको सुविधामेत छैन,’ उनले भनिन्, ‘हाम्रा लागि त केन्द्र हुनु र नहुनु बराबर जस्तै छ ।’

डाक्टर नआउँदा उपचार सेवा प्रभावकारी बन्न नसकेको प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष एवं छत्रेश्वरी–४ का वडाध्यक्ष लीलाधर घर्तीले बताए । डाक्टर पठाउन पटक–पटक स्वास्थ्य मन्त्रालयमा आग्रह गरे पनि बेवास्ता भएको उनको गुनासो छ । शल्यक्रिया सुविधासमेत रहेको स्वास्थ्य केन्द्रबाट बिरामीहरूलाई रित्तो हात फर्काउनु परेको छ’ उनले भने, ‘विशेषज्ञ भएको भए स्थानीयले गाउँमै प्रभावकारी ढंगले स्वास्थ्य सेवा पाउने थिए ।’