Skip This
तनहुँमा ई–पासपोर्ट वितरण सुरु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १३:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तनहुँमा ई–पासपोर्ट वितरण सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:o५:oo

जिल्ला प्रशासन कार्यालय तनहुँबाट ई–पासपोर्ट वितरण थालिएको छ। जिल्लाबाट ई–पासपोर्ट वितरण थालेपछि सर्वसाधारणले काठमाडौं धाउनुपर्ने समस्याको अन्त्य भएको छ।

प्रशासनले सुरुमा हप्ताको ६ दिन २५ जनाका दरले सेवाग्राहीलाई सेवा दिने गरे पनि अहिले बढाएर प्रतिदिन ४५ सेवाग्राहीलाई सेवा पुर्‍याइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए। उनका अनुसार कार्यालयले दुईपटक पासपोर्ट ल्याएर वितरण गरिसकेको छ।

कर्मचारी अभाव, कर्मचारीमा दक्षता नभएका कारण सुरुमा काम गर्न कठिनाइ हुने भएकाले कम सेवाग्राहीलाई सेवा दिइएको हो। उनले भने, ‘कर्मचारीमा दक्षता अभिवृद्धिसँगै सेवाग्राही संख्या क्रमिक रुपमा बढाउँदै सेवा प्रवाह गर्न थालिएको छ।’

कर्मचारीको जनशक्ति बढाएर दुई स्टेसनबाट सेवा दिने योजना बनाइएको उनले बताए। ई–पासपोर्ट लागू गर्नुअघि कार्यालयमा दैनिक ७० देखि ८० जनासम्म सेवाग्राही पासपोर्टका लागि सेवा लिन आउने गरेका थिए। जनताले घरबाटै अनलाइनबाट फर्म भरेर प्रशासनमा आएर अन्य सेवा लिन सकून् भन्ने उद्देश्यले अनलाइन प्रणालीको व्यवस्था गरिए पनि सर्वसाधारणमा उक्त पहुँच पुग्न नसकेको सहायक प्रजिअ गैरेले बताए। रासस