१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
किरण दहाल काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १३:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबुल हुने, अब कसरी अघि बढ्छ प्रक्रिया ?

Read Time : < 1 मिनेट
किरण दहाल, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १३:३६:oo

प्रतिनिधिसभाको आजकै बैठकमा एमसिसी टेबुल हुने भएको छ। ११ बजे बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा एमसिसी लैजाने निर्णय भएको हो। संसद् सचिवालयका एक कर्मचारीले १ बजे बस्ने प्रतिनिधिसभामा एमसिसी टेबुल हुन लागेको जानकारी दिए।

आज बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकमा  पनि सरकारले एमसिसी अघि बढाउने निर्णय गरेको थियो। संसदीय अनुमोदनका लागि ३० असार ०७६ मा एमसिसी सम्झौता प्रतिनिधिसभामा दर्ता भएको थियो। त्यसको ३१ महिनापछि उक्त सम्झौता संसदीय प्रक्रियामा अघि बढेको हो।

सरकारका तर्फबाट सदनमा एमसिसी टेबुल हुनेछ।  त्यसमाथि सभामुखले सामान्य छलफल चलाउनेछन्।  एमसिसी सम्झौतामाथि सांसदहरूले आफ्नो धारणा राख्न पाए पनि संशोधन राख्न पाउने छैनन्।  त्यसकारण सरकारले ल्याएका विधेयक वा अन्य प्रस्तावहरूमा जस्तो एमसिसीका प्रावधानहरू परिवर्तन हुँदैन।  संशोधन नहुने भएपछि सम्झौता संसदीय समितिमा पनि नपुग्ने संसद सचिवालयको आकलन छ। बरु, एमसिसीमाथि सदनमा सभामुखले दफावार छलफल चलाउन सक्नेछन्। 

एमसिसीमा दफावार छलफल सकिएपश्चात् पारित हुन प्रक्रियामा पुग्दछ।  सचिवालयका एक कर्मचारीले भने, ‘बैठकमा जति सदस्य उपस्थिति हुनुहुनेछ त्यसको बहुमत सदस्यले सम्झौता पारित गर्नुहुनेछ।’

महत्वपूर्ण र सर्वाधिक चासोको विषय भएकाले एमसिसी लिखित मतदानमा समेत जान सक्छ। सभामुखले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा कम्तीमा २८ जना सांसदले लिखित प्रक्रियामा लैजान अनुरोध गरेमा एमसिसीलाई लिखित प्रक्रियाबाट टुंग्याइनेछ।  अन्यथा, ध्वनि मतका आधारमा एमसिसीका टुंगाे लाग्नेछ। 
 

ad
ad