१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format ११:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गण्डकीमा परिमार्जित सवारीचालक अनुमतिपत्र निर्देशिका लागू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:३२:oo

यातायात व्यवस्था विभागले परिर्माजनसहित जारी गरेको ‘सवारीचालक अनुमतिपत्र निर्देशिका, २०७७’ गण्डकी प्रदेशमा आइतबारदेखि औपचारिक रूपमा लागू भएको छ। प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले प्रयोगात्मक परीक्षाको एक कार्यक्रमबीच सुरुवात गरेका हुन्। 

सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षामा ७० अंक ल्याए पास हुने व्यवस्था छ। यसअगाडि प्रयोगात्मक परीक्षामा कुनै सामान्य गल्ती भए पनि फेल हुने अर्थात् पास हुन १०० पूर्णांकमा १०० नै ल्याउनुपर्ने व्यवस्था रहेकोमा सो नियम परिवर्तन भएको हो।

कार्यक्रममा मन्त्री खड्काले अब सवारीचालक अनुमतिपत्र लिन प्रशिक्षार्थीलाई सहज भएको विश्वास व्यक्त गरे। चारपांग्रे सवारीको हकमा असार मसान्तसम्म र दुईपांग्रेको हकमा दसैँसम्म परीक्षा गरिसक्ने गरी कार्यालयले तयारी अगाडि बढाएकाले त्यसअनुरूप परीक्षा गरी उत्तीर्णलाई लाइसेन्स दिने उनले जानकारी दिए। सवारीचालक अनुमतिपत्र कार्यालय गण्डकी प्रदेशका प्रमुख प्रेम सुवेदीेका अनुसार निर्देशिका लागू भएसँगै यो महिनाको सुरु अर्थात् १ फागुनदेखि आवेदन दिएकाले नयाँ व्यवस्थाअनुरूप उत्तीर्ण हुनुपर्नेछ।

कार्यविधिमा परीक्षार्थीहरूले उत्तीर्ण हुन लिखित परीक्षामा न्यूनतम ६० प्रतिशत र प्रयोगात्मक परीक्षामा न्यूनतम ७० प्रतिशत अंक ल्याउनुपर्ने उल्लेख छ। प्रदेशको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुरूप नयाँ मापदण्ड लागू गरिएको हो। मापदण्डअनुरूपको पहिलो लिखित परीक्षा भने ६ फागुनमा भएको छ।