Skip This
एकीकृत समाजवादीले एमसिसी संसदमा टेबल गर्न दिने, संसद्को अवरोध हट्नुपर्ने (भिडियो)
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीले एमसिसी संसदमा टेबल गर्न दिने, संसद्को अवरोध हट्नुपर्ने (भिडियो)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२८:oo

नेकपा एकीकृत समाजवादीले दलहरूबीच सहमति जुटेमा एमसिसी संसदमा टेबल गर्न दिने निर्णय गरेको छ। आज बसेको एसको बैठकले सहमति जुटेमा एमसिसी टेबल गर्न दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।
नेकपा एसले त्यसका लागि संसद्को अवरोध हटाउनुपर्नेसमेत बताएको छ।

बैठकले यथास्थितिमा एमसिसी पास गर्न नसकिने ठहरसमेत गरेको छ। परिमार्जनसहित पास गर्न सकिने तर अहिलेकै अवस्थामा पास गर्न नसकिने निर्णय गरेको खतिवडाले बताए। एमसिसीबारे थप निर्णय गर्ने अधिकार पार्टी सचिवालयलाई दिएको उनले बताए।

‘टेबुल गर्ने कुरामा हाम्रो धेरै आपत्ति छैन तर यसका केही विषयहरू स्पष्ट हुनुपर्छ। जबर्जस्ती टेबुल गरिनेछैन,’ उनले भने, ‘यसका लागि सहमति हुनुपर्छ। संसद्को अवरोध हट्नुपर्छ। अनि मात्र टेबुल गर्ने वातावरण निर्माण हुन सक्छ भन्ने हाम्रो धारणा छ,’ उनले भने। बैठकमा वरिष्ठ नेता झलनाथ खनालले कार्यदलले एमसिसीबारे गरेको अध्ययनको विषय प्रस्तुत गरेका थिए।