Skip This
ए डिभिजन लिग : १२औँ चरण खेल आजदेखि
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ फाल्गुण ७ शनिबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ फाल्गुण ७ शनिबार o९:५६:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ए डिभिजन लिग : १२औँ चरण खेल आजदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण ७ शनिबार o९:५६:oo

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत १२औँ चरणका खेल शनिबारदेखि दशरथ रंगशालामा सुरु हुँदै छ । प्रतियोगिताअन्तर्गत लिगमा दुई खेल हुनेछन् । दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेन्ड्सले च्यासल युथ क्लबको सामना गर्नेछ । यी दुवै क्लब रेलिगेसनको संघारमा छन् । दुईमध्ये एक टोली विजयी हुँदा रेलिगेसन क्षेत्रबाट माथि उठ्न सक्छ । बराबरीले दुवै क्लबलाई घाटा हुन सक्छ । 

दुई खेलअघि नै लिगको उपाधि रक्षा गरेको मच्छिन्द्र क्लबको सामना पूर्वविजेता थ्री स्टारसँग हुनेछ । थ्री स्टारले शीर्ष तीनभित्रको लक्ष्य राखेको छ । फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले च्यासलविरुद्धको खेल गर या मरको अवस्थामा प्रतिस्पर्धा हुने बताएका छन् । यता लिग च्याम्पियन मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटवालले अपराजित रही नै लिग सकाउने जनाएका छन् । ‘हामीले लिग जितिसकेका छौँ,  अब अपराजित रहने योजना छ,’ कटवालले भने, ‘हामी अपराजित रहँदै लिग जित्न चाहन्छौँ, अबको खेल पराजित हुँदा नमज्जा हुन्छ ।’

थ्री स्टारका प्रशिक्षक रवीन्द्र सिलाकारले मच्छिन्द्रविरुद्धको तयारी राम्रो भएको जनाएका छन् । ‘अहिलेसम्म हाम्रो तयारी राम्रो छ, आशा छ दुईवटा खेल जितेर हाम्रो दोस्रो स्थानसम्म पुग्छौँ,’ उनले भने, ‘हाम्रो प्रदर्शनमा कुनै कमी आएको छैन ।’ यसैगरी मनाङ मस्र्याङ्दीका प्रशिक्षक राजेन्द्र तामाङले एनआरटीविरुद्धको खेल कठिन हुने बताए ।