१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १८:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

संसदीय विकास समितिद्वारा विकास आयोजनाको अनुगमन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:४३:oo

बागमती प्रदेश अर्थ तथा विकास समितिले भक्तपुर क्षेत्र नं २ अन्तर्गत सूर्यविनायक खण्डमा ठूला लगानीमा निर्माण भएका विभिन्न ठूला आयोजनाको आज अनुगमन गरेको छ । बागमती प्रदेश अर्थ तथा विकास समितिका सभापति नारायण सिलवाल र समितिका सदस्य शशीजंग थापासहितको टोलीले बागमती प्रदेश सरकारले सञ्चालन गरेका योजनाको स्थलगत निरीक्षण गरेका हुन् । 

टोलीले कौशलटारबाट बिरुवा सडकखण्डअन्तर्गत रु १० करोडको लागतमा निर्माण भइरहेको सिरुटार– बिरुवा सडकखण्ड, पाँच करोडको लागतमा निर्माण भइरहेको भक्तपुरको सल्लाघारीबाट सिरुटार हुुँदै ललितपुरको महालक्ष्मी नगरपालिका लुभु जोड्ने सडकको स्थलगत अनुगमन गरेको हो ।
  

त्यस्तै, पाँच करोडको लागतमा निर्माण भइरहेको काँठ चक्रपथ सडक, रु छ करोडको लागतमा गुन्डु छेडोमा निर्माणाधीन यातायात कार्यालय भवन निर्माणस्थलको र दधिकोटको अनन्तलिंगेश्वर डाँडामा  दुई करोडको लागतमा निर्माण भइरहेको भ्युटावरको अनुगमन गरेको बागमती प्रदेश सभा सदस्य थापाले बताए ।
    
  प्रदेश सरकारले सञ्चालन गरेको आयोजनाको प्रगतिको अवस्था, योजनामा आएको अवरोध र समस्या तथा उपलब्धिका बारेमा समितिले जानकारी लिएको उनले बताए । योजनाको अवस्थाका बारेमा समितिको टोलीलाई प्रदेश सभा सदस्य थापाले जानकारी गराएका थिए । अनुगमनपछि समितिका सभापति सिलवालले यहाँका आयोजनाको प्रगति राम्रो भएको र केही आयोजनाको सञ्चालनमा आएको अवरोधलाई छलफलका माध्यमबाट समाधान गरेर विकासलाई पूर्णता दिनुपर्नेमा जोड दिएको उनले बताए । 
 

ad
ad