मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ फाल्गुण ६ शुक्रबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण ६ शुक्रबार १२:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संवैधानिक इजलास रोक्ने आदेशविरुद्धको रिटमा सुनुवाइ तोकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण ६ शुक्रबार १२:२८:oo

सर्वोच्च अदालतले संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा संवैधानिक इजलास रोक्ने आदेशविरुद्धको रिटमा सुनुवाइ तोकेको छ। सर्वोच्चले शुक्रबार न्यायाधीशद्वय  मीरा खड्का र सुष्मालता माथेमाको इजलासमा सुनुवाइ तोकेको हो। 

आदेशविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भदौ ३० मा सर्वोच्चमा रिट दर्ता गराएका थिए। वरिष्ठ अधिवक्ता त्रिपाठीले सुनुवाइ रोक्ने आदेशले न्यायसम्बन्धी हकमा अवरोध पुगेको जिकिर गर्दै रिट दायर गरेका थिए। सर्वोच्चले १४ असोजमा कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको  थियो। 

प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास रोक्न माग गर्दै अधिवक्ता डा. गणेश रेग्मीले दायर गरेको मुद्दामा गत भदौ १७ मा न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास रोक्न अन्तरिम आदेश जारी गरेको थियो।

आदेशमा प्रधानन्यायाधीशको अनुपस्थितिमा वरिष्ठ न्यायाधीशबाट इजलास सञ्चालन हुन सक्ने या नसक्नेबारे निर्क्योल नभएसम्म मुद्दाको सुनुवाइ अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको थियो।

संवैधानिक नियुक्तिबारेको मुद्दाको सुनुवाइका क्रममा परिषद्का सदस्यका रूपमा प्रधानन्यायाधीश आफैँ संलग्न भएर नियुक्ति सिफारिस गरेकाले इजलासमा बस्न नमिल्ने भन्दै प्रश्न उठेको थियो। यससँगै सर्वोच्चको आदेशपछि मुद्दामाथिको सुनुवाइ अनिश्चित बन्न पुगेको थियो। रिटमा अधिवक्ता रेग्मीलाई विपक्षी बनाइएको छ।