१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फेरि सर्‍यो १६ जिल्लाको कांग्रेस अधिवेशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५६:oo

नेपाली कांग्रेसकाे अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन सरेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेको संयोजकत्वमा  आज बसेको बैठकले अधिवेशन फागुन १५ लाई सार्ने निर्णय गरेको हो। 

यसअघि कांग्रेसले फागुन १३ गते अधिवेशन गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो। १४औँ महाधिवेशनअघि अधिवेशन सम्भव नभएपछि कांग्रेसले महाधिवेशनपछि पनि पटकपटक अधिवेशनको मिति तय गरेको थियो। तर, कोरोना, राष्ट्रिय सभा निर्वाभनलगायतका कारण अधिवेशन सर्दै आएको छ। पछिल्लोपटक पार्टी नेतृत्वबाट अनुरोध आएका आधारमा अधिवेशन सारिएको निर्वाचन समितिले जानकारी दिएको छ। 

कांग्रेसको सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लाको अधिवेशन हुन बाँकी छ। निर्वाचन समिति सचिव केशव रिजालका अनुसार निर्वाचन समितिले फागुन १३ को पूर्वनिर्धारित अधिवेशनको मिति सारिएको हो। निर्वाचन समितिले यी जिल्लाबाहेकका निर्वाचन हुन बाँकी महासमिति सदस्य पदको निर्वाचन र पालिका र वडा कार्यसमितिका बाँकी निर्वाचन भने फागुन १० गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको छ।