१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ५ बिहीबार
  • Friday, 20 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण ५ बिहीबार १३:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेता केसीको नेपाली कांग्रेसको संक्षिप्त इतिहास सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण ५ बिहीबार १३:o५:oo

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित कांग्रेसको संक्षिप्त इतिहास सार्वजनिक भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पुस्तकको लोकार्पण गरेका हुन्।

पुस्तकमा नेपाली कांग्रेसको इतिहास र २००७ सालमा राणाविरोधी आन्दोलनलाई सफलता दिलाउन सहयोग गरेका व्यक्तित्वहरूबारे चर्चा गरिएको केसीले जानकारी दिए। लेखक केसीले पुस्तकभित्र आफूले २६–२७  वर्षयता स्वदेश तथा विदेशमा नेपाली कांग्रेसबारे उठाइएका खुल्दुलीलाई समेट्ने प्रयत्न गरेको बताए। 

‘इतिहासमा कांग्रेस नभएर पनि २००७ सालको क्रान्तिको निम्ति जसले योगदान पुर्‍याएका छन् । उनीहरूले गरेको त्याग, तपस्या र समर्पण त्यो सम्पूर्णको उत्तराधिकार संस्था कांग्रेस हो। त्यसैको आडले हामीले २००७ सालको सफलता प्राप्त गरेका छौँ भन्ने दृष्टिकोण र विलुप्त भएका व्यक्तित्व, जनताको बीचमा मानसपटलमा नसम्झेका व्यक्तिहरूलाई उत्खनन गरेर यसमा राख्ने कोसिस यसमा भएको छ,’ केसीले पुस्तकबारे भने। कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले पुस्तकले कांग्रेसको इतिहासलाई जीवित राख्न मद्दत गर्ने बताए।