१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ फाल्गुण ४ बुधबार १६:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसी संशोधन गरेर राष्ट्रिय सहमति जुटाउने प्रयास गरौँ : देव गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ फाल्गुण ४ बुधबार १६:४७:००

नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले एमसिसी संशोधन र परिमार्जन गरेर मात्रै पास गर्नुपर्ने बताएका छन् ।  बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै नेता गुरुङले यस्तो बताएका हुन् । 

‘राष्ट्रिय हित प्रतिकूलका प्रावधानहरू रहेको हुनाले संशोधन र परिमार्जनका लागि पहल गरौँ । वार्ता गरौँ, कुराकानी गरौँ । जति संशोधन, परिमार्जन गर्न सकिन्छ, त्यो प्रयास गरौँ,’ नेता गुरुङले भने, ‘त्यसको आधारमा राष्ट्रिय सहमति जुटाउने कोसिस गरौँ । त्यही राष्ट्रिय सहमतिको आधारमा अघि बढौँ ।’ 

नेता गुरुङले एमसिसीको विषयलाई संसदमा राष्ट्रिय सहमतिअनुसार टेबल गराई छलफल गर्नुपर्ने बताए । संसद् अवरुद्ध भएकाले एमसिसीको विषयविधिको शासनलाई कार्यान्वयन गरेर संसदमा राष्ट्रिय सहमतिअनुसार टेबल गर्नुपर्ने उनको भनाइ छ । उनले संसद सुचारु रूपमा सञ्चालन नभएसम्म कुनै पनि राष्ट्रिय एजेन्डा संसदमा टेबुल गर्न नमिल्ने उनको तर्क थियो ।