Skip This
प्र्यांकको नाममा सर्वसाधारणलाई  हैरान पार्ने युवक पक्राउ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:२५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्र्यांकको नाममा सर्वसाधारणलाई  हैरान पार्ने युवक पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:२५:oo

प्र्यांक भिडियोका नाममा सर्वसाधारणलाई हैरान पारेको आरोपमा झापा बिर्तामोड नपा–४ का २७ वर्षीय आकाश सेढाईलाई प्रहरीले पक्राउ गरेको छ । केही समयअघि गृह मन्त्रालयले यस्तो काम गर्नेहरूलाई पक्राउ गर्न निर्देशन दिएपछि प्रहरीले पक्राउ गरेको पहिलो घटना हो । सेढाईलाई साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो । भक्तपुर बस्ने सेढाई ‘नेपाली प्र्यांकस्टर’ नामको युट्युब चलाउँछन् । 

‘प्र्यांक’को नाममा सार्वजनिक ठाउँमा सर्वसाधारणलाई हैरानी पारेको उजुरीका आधारमा ब्युरोले उनलाई पक्राउ गरेको हो । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले अनुसन्धान गर्न सात दिनको म्याद थप गरेको छ । उनलाई विद्युतीय कारोबार ऐन ०६३ अनुसार कारबाही अघि बढाएको प्रहरीको भनाइ छ । सर्वसाधारणलाई हैरान पर्ने अन्य युट्युबर पनि प्रहरीको निगरानीमा रहेको ब्युरोले जनाएको छ । 

नेपाल प्रहरीकाअनुसार ख्यालठट्टाका नाममा भिडियो बनाई सर्वसाधारणलाई मानसिक तथा शारीरिक रूपमा हैरानी दिने युट्युबरलाई मुलुकी अपराध संहिता ०७४ अनुसार पनि कारबाही हुनेछ । अपराध संहिताको दफा ११८ अनुसार कसैले पनि कसैविरुद्ध अभद्र व्यवहार गर्न नहुने उल्लेख छ ।

कसैले कानुनविपरीत गरे अभद्र व्यवहारअन्तर्गतको कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । संहिताको दफा ११८ मा भनिएको छ, ‘कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन । कसैले कसुर गरे कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।’

नेपाल प्रहरीको साइबर ब्युरोले यसअघि प्र्यांक भिडियो बनाउने दुईजनालाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही गरिसकेको छ । ब्युरोका अनुसार युट्युब च्यानल ‘टेन्सन ब्रो’का सञ्चालक भरतबहादुर तिरुवा र साथीभाइ अनलाइनका सञ्चालक रामबहादुर मल्ललाई कारबाही भरिएको थियो । विशेषगरी उनीहरूले बनाएका भिडियो अश्लील किसिमका थिए ।