Skip This
चार हजार १५७ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:३६:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चार हजार १५७ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:३६:oo

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका चार हजार १ सय ५७ सार्वजनिक विद्यालय छनोटमा परेका छन्। सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले देशभरका चार हजार १ सय ५७ विद्यालय छनोट गरेको हो। जसमध्ये ४ कोठे भवन ९ सय ७६, दुई कोठे भवन ९ सय ६६, आइसिटी ल्याब व्यवस्थापन दुई हजार १ सय ६, प्राविधिक ल्याब ८८ र नयाँ प्राविधिक विद्यालय २१ निर्माण गरिने भएको छ।

मन्त्री पौडेलका अनुसार ४ कोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख, दुईकोठे भवन निर्माणका लागि १८ लाख, आइसिटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार, नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ विद्यालयलाई ७० करोड ५९ लाख ६ हजार, गत आर्थिक वर्षमा ल्याब व्यवस्थापनका लागि छुट १४ विद्यालयका लागि अनुदान ३३ करोड ६० लाख र प्राविधिक धार सञ्चालित ८८ विद्यालयमा ल्याब सुदृढीकरण तथा स्तराेन्नितका लागि ८८ करोड रकम छुट्याइएको छ।

राष्ट्रपति शैक्षिक सुधारका लागि ७ अर्ब ८५ करोड ५१ लाख रकम छुट्याएको छ। विद्यालय छनोट गरी बाँकी १ अर्ब ३८ करोड रकम बाँकी रहेका स्थानीय तहका विद्यालयमा छुट्याइने शिक्षामन्त्री पौडेलले बताए। ‘देशभरका विद्यालयको भौतिक संरचना, आइसिटी व्यवस्थापन गर्ने अभियानमा छौँ,’ मन्त्री पौडेलले भने, ‘निवेदन दिन बाँकी रहेका पालिकाहरूलाई सम्बोधन गर्छौँ।’

देशका ७ सय ३७ स्थानीय तहबाट १३ हजार ४ सय ७३ विद्यालयले प्रस्ताव पठाएका थिए। जसमा ७ हजार ९ सय ८६ विद्यालयले भवन निर्माण, ४ हजार २ सय ३५ विद्यालयले आइसिटी ल्याब, १ सय १७ विद्यालयले नयाँ प्राविधिक धार, प्राविधिक विद्यालय ल्याब व्यवस्थापन १ सय ८८ र घेराबार खेलमैदानका लागि ९४७ विद्यालयले आवेदन दिएका थिए। 

कुन प्रदेशमा कति ?
प्रदेश एकमा सबैभन्दा धेरै विद्यालयका भवन निर्माण हुने भएका छन्। प्रदेशगत वितरणको विवरणअनुसार प्रदेश १ मा १९८ विद्यालयमा ४ कोठे भवन, १७९ विद्यालयमा दुईकोठे भवन, ३ सय ४९ विद्यालयमा आइसिटी व्यवस्थापन, २४ विद्यालयमा प्राविधिक ल्याब र नयाँ प्राविधिक विद्यालय स्थापनामा ७ विद्यालय छनोट भएका छन्। यस्तै, लुम्बिनीमा १ सय ९५ विद्यालयमा ४ कोठे भवन, १ सय ३७ विद्यालयलमा दुईकोठे भवन, आइसिटी ल्याब व्यवस्थापनमा २ सय ८१ विद्यालय, प्राविधिक ल्याब १८ विद्यालयमा र नयाँ प्राविधिक विद्यालय स्थापनाका लागि ३  विद्यालय छनोट भएका छन्।

मधेस प्रदेशमा १८० विद्यालयमा ४ कोठे भवन, १ सय ९७ विद्यालयमा २ कोठे भवन, २ सय ३५ विद्यालयमा आइसिटी ल्याब व्यवस्थापन, ५ विद्यालयमा प्राविधिक ल्याब र नयाँ प्राविधिक विद्यालय स्थापनामा ४ वटा विद्यालय छनोट भएका छन्। सुदूरपश्चिममा १ सय ४१ विद्यालयमा ४ कोठे भवन, १ सय ७९ विद्यालयमा  दुईकोठे भवन, २ सय ७० विद्यालयमा आइसिटी व्यवस्थापन, ८ विद्यालयमा प्राविधिक ल्याब र  विद्यालयमा नयाँ प्राविधिकमा एक विद्यालय छनोट भएका छन्।

भूकम्पबाट प्रभावित बागमती प्रदेशका १४ जिल्लामा भवनका लागि बजेट नहालिएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक चुरामणि पौडेलले जानकारी दिए। चितवनबाहेकका १४ जिल्लामा र मदरसा, गुरुकुल र भूकम्पबाट नबनेका विद्यालयमा ४ कोठे भवन २२ वटा, दुईकोठे भवन १२, आइसिटी ल्याब ४ सय ९१,  प्राविधिक ल्याब १८ र नयाँ प्राविधिक विद्यालय स्थापनाका लागि ४ वटा छनोट भएका छन्।

यस्तै, गण्डकीमा १ सय ३० विद्यालय ४ कोठे, १ सय २५ दुईकोठे, २ सय ५५ आइसिटी ल्याब, १३ प्राविधिक ल्याब छनोट भएका छन् भने कर्णालीमा १ सय १० विद्यालयमा ४ कोठे भवन,  १ सय ३८ विद्यालयमा दुईकोठे भवन, २ सय २५ विद्यालयमा आइसिटी ल्याब, प्राविधिक ल्याब २  र नयाँ प्राविधिक विद्यालय स्थापनाका लागि २ विद्यालय छनोट भएका छन्।