मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण ३ मंगलबार ०८:४९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई पेमा एभरेष्ट बैंकको खाता लिंक हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण ३ मंगलबार ०८:४९:००

आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे र एभरेष्ट बैंक लिमिटेडबीच बैंक लिंक गर्न मिल्ने सम्झौता भएको छ । उपभोक्ताले आइएमई पे मोबाइल वालेट एपमा एभरेष्ट बैंकको खाता लिंक गरी बैंकका वित्तीय सुविधाहरू आइएमई पे एपमा प्रयोग गर्न सक्ने सम्झौता भएको हो । 

हालसम्म नेपालका १४ वटा बैंकहरूसँग यस्तै प्रकृतिको सम्झौता गरेको आइएमई पेले यस लिंकको निःशुल्क ट्रान्सफर तथा शीघ्र ट्रान्सफरलगायतका फाइदाहरू रहेको जनाएको छ । यसमा बैंक लिंक गरेपछि उपभोक्ताले आफ्नो सुविधाअनुसार एभरेष्ट बैंकको खातामा आइएमई पे एपबाट निःशुल्क पैसा पठाउन वा सार्न मिल्ने गरी सिस्टमलाई अद्यावधिक गरिएको कम्पनीले जनाएको छ ।