१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार o८:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

काठमाडौंको फोहोर उठ्न छाड्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o८:४६:oo

सिसडोल ल्यान्डफिल्ड साइटमा फोहोर पुर्‍याउन नसक्दा काठमाडौंको फोहोर फेरि उठ्न छाडेको छ । पासाङ ल्हामु सडकखण्ड कालोपत्रेको माग गर्दै स्थानीयले आइतबारदेखि सडक अवरोध गरेपछि फेरि फोहोर उठ्न छाडेको हो । 

काठमाडौं महानगरपालिकाअन्तर्गतको वातावरण विभाग प्रमुख सरिता राईले हिजैबाट फोहोर उठ्न छाडेको र अब कहिलेदेखि उठ्ने टुंगो नभएको बताइन् । ‘स्थानीयको अवरोधका कारण फोहोरका गाडी मात्र होइन, कुनै पनि सवारीसाधान उक्त सडकखण्डमा गुड्न सकेका छैनन्,’ उनले भनिन्, ‘हामीले सम्बन्धित निकायमा जानकारी गराइरहेका छौँ । तर, कहिलेदेखि फोहोर उठ्छ भन्न गाह्रो छ ।’

उक्त सडकखण्डमा सडक विभागले काम गरिरहेको छ । महानगरले फोहोर उठाउन नसक्दा फेरि पनि काठमाडौंका चोक, गल्ली र सडकमा फोहोर थुप्रिन थालेका छन् । यसअघि मंसिरमा पनि त्यहाँका स्थानीयले करिब दुई साता सडक अवरुद्ध गरेका थिए । सडकमा थुप्रिएको फोहोर व्यवस्थापन गर्नका लागि महानगरलाई दुई साता लागेको थियो । 

ad
ad