Skip This
कामु प्रधानन्यायाधीश कार्कीले बोलाए  सर्वोच्चको पूर्ण बैठक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ३ मंगलबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण ३ मंगलबार o६:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

कामु प्रधानन्यायाधीश कार्कीले बोलाए  सर्वोच्चको पूर्ण बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण ३ मंगलबार o६:o३:oo

संसदमा महाभियोग प्रस्तावसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेपछि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका दीपककुमार कार्कीले शुक्रबारका लागि सर्वोच्चको पूर्ण बैठक (फुलकोर्ट) आह्वान गरेका छन् । सोमबार न्यायाधीशहरूसँगको छलफलपछि कार्कीले बैठक बोलाएका हुन् । 

जबरा निलम्बनमा परेपछि सर्वोच्चमा हाल १९ न्यायाधीश छन् । यीमध्ये तेजबहादुर केसी, विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुँडाल बिदामा छन् । बाँकी १६ न्यायाधीशको अनौपचारिक बैठकपछि कार्कीले पूर्ण बैठक बोलाएका हुन् । बिदामा रहेका न्यायाधीश पनि सहभागी हुन सक्ने गरी बैठकको मिति तय गरिएको छ । 

सर्वाेच्चकै न्यायाधीशहरूले जबराको राजीनामाका लागि दबाब दिँदै आएका थिए । केही समय इजलास नै बहिष्कार गरेका न्यायाधीशहरू पछि जबरासँग भने बेन्च सेयर नगर्ने निर्णयसहित इजलास फर्किएका थिए । 

जबराविरुद्ध महाभियोग दर्ता भएपछि पहिलोपटक पूर्ण बैठक बस्न लागेको हो । जसमा संवैधानिक इजलास गठनलगायत विषयमा छलफल हुन लागेको स्रोत बताउँछ । जबराका कारण महिनौँदेखि संवैधानिक इजलास बस्न सकेको छैन, जहाँ महत्वपूर्ण मुद्दाहरू रोकिएका छन् । संवैधानिक इजलास कसरी बोलाउने भन्ने विषयमा छलफल गर्न पूर्ण बैठक बस्न लागेको सर्वाेच्चका एक अधिकारीले बताए ।
 

ad
ad
ad
ad