१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २१ शुक्रबार १७:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मनमोहन विश्वविद्यालयले वैशाखदेखि  रेल्वे, रोपवे र पानी जहाज इन्जिनियरको पढाइ सुरु गर्दै  

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:१९:oo

प्रदेश १ मा स्थापना भएको देशको पहिलो प्राविधिक विश्वविद्यालयले आगामी वैशाखदेखि इन्जिनियरिङ विषयमा स्नातक तहको पढाइ सुरु गर्ने भएको छ। मोरङको बुढीगंगा गाउँपालिका– ४ हात्तीमुढामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालय (एमटियू) ले २०७९ वैशाखदेखि इन्जिनियरिङतर्फ रेल्वे, रोपवे (केवलकार) पानी जहाज र लजिस्टिकलगायत विषयमा  स्नातक तहको पहिलो ब्याचको पढाइ सुरु गर्ने भएको हो । 

वैशाखदेखि स्नातक तहको ‘बिई इन् सिभिल इन्जिनियरिङ’ र ‘बिई इन् इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ’को पहिलो शैक्षिक सत्रको कक्षा सुरु गर्ने गरी भर्नाका लागि आवेदन खुला गरेको प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुभाषश्री पोखरेलले जानकारी दिए । उनका अनुसार पहिलोपटक सञ्चालन हुन लागेको स्नातक तहको चारवर्षे इन्जिनियरिङ कोर्समा सिभिलतर्फ २४ जना र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्सतर्फ २४ जना गरी जम्मा ४८ जना विद्यार्थीहरू भर्ना हुनेछन् ।  

३ फागुनदेखि एक महिनासम्म भर्ना आवेदन खुला 
भर्नाका लागि यही ३ फागुनदेखि एक महिनासम्म प्रवेश परीक्षाका लागि आवेदन खुला भएको र  देश विदेशका इच्छुक विद्यार्थीले आवेदन दिन सक्ने उपकुलपति पोखरेलले बताए । 

स्नातक तहको इन्जिनियरिङ संकायमा रेल्वे, रोपवे र पानी जहाज, भौतिक पूर्वाधार निर्माणदेखि स्वदेशी उद्योगहरूलाई आवश्यक जनशक्त्ति उत्पादन गराउने विभिन्न विषयमा पठनपाठन गरिने   एमटियूका डिन डा. प्रचण्डमान प्रधानले बताए । डिन प्रधानका अनुसार स्नातक तहको इन्जिनियरिङ विषय पठनपाठनका लागि आधुनिक ल्याबसहित सबै भौतिक पूर्वाधार र आवश्यक जनशक्त्ति तयार भैसकेको छ। 

नेपाली विद्यार्थीलाई ६ लाख विदेशीलाई साढे ८ लाख 
एमटियूका रजिस्टार दिननाथ फुँयालका अनुसार स्नातक तहको चारवर्षे सिभिल इन्जिनियरिङ कोर्स पढ्न साधारण नेपाली विद्यार्थीका लागि ५ लाख ८० हजार, विदेशी विद्यार्थीका लागि ८ लाख ५० हजार,  प्रायोजित विद्यार्थीका लागि ७ लाख १५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । भर्ना भएका विद्यार्थीले पछि फिर्ता हुने गरी प्रयोगशाला र स्कुलबापत १० हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ । 

महिला, दलित, स्थानीय र अपांगता भएकाहरूलाई कोटा 
एमटियूले इन्जिनियरिंङ विषयको पहिलो सत्रदेखि नै ४८ जना विद्यार्थीमध्ये जम्मा १० जना विद्यार्थीलाई विभिन्न छात्रवृत्ति दिनेछ। यसैगरी भर्नाका लागि दलित, आदिवासी जनजाति, स्थानीय, महिला, घाइते, अपांगता भएका व्याक्तिसहित २७ जना विद्यार्थीका लागि  कोटा छुट्याइएको छ । २१ जना विद्यार्थीहरू भने खुलातर्फबाट भर्ना गरिनेछन् ।   

मन्त्रालयमा फाइल अड्किँदा ढिलाइ  
संघीय सरकारको मन्त्रिपरिषद्ले स्वीकृति दिन ढिलाइ गर्दा  देशकै पहिलो प्राविधिक विश्वविद्यालयको पहिलो शैक्षिक सत्रको विद्यार्थी भर्ना प्रक्रिया छ महिनापछि मात्र सुरु भएको हो । इन्जिनियरिङ काउन्सिल्सले अध्ययन गरेर सिफारिसका लागि पठाएको फाइल पाँच महिनासम्म भौतिक योजना मन्त्रालयमा रोकिएर बसेको थियो । भौतिक मन्त्रालयले ढिलो गरी पठाएको स्वीकृतिको फाइल गत माघमा मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो ।    
 
 

ad
ad