१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार १७:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जबराविरुद्धको महाभियोग प्रस्ताव पारित गर्न सांसदहरूलाई बारको आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १७:४२:oo

नेपाल बार एसाेसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आइतबार संसदमा दर्ता भएको महाभियोग प्रस्ताव पारित गर्न राजनीतिक दल तथा सांसदहरूलाई आग्रह गरेको छ । आइतबार बारले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । 

जबराविरुद्धको महाभियोग प्रस्ताव दर्तालाई ‘सकारात्मक कदम’ भएको प्रतिक्रिया दिँदै महाभियोग प्रस्ताव दर्ता कार्यमा संलग्न राजनीतिक दल तथा सांसदहरूलाई धन्यवाद दिँदै विज्ञप्तिमा भनिएको छ, ‘यो विषयलाई संविधानबमोजिम निष्कर्षमा पुर्याउन अझै पनि प्रतिनिधिसभाका सम्पूर्ण राजनीतिक दल तथा सांसादहरूको थप सकारात्मक पहलको आवश्यकता छ । अतः महाअभियोग प्रस्तावलाई पारित गराउन सकारात्मक पहल गर्न सम्पूर्ण राजनीतिक दल तथा माननीय सांसदज्यूहरूलाई हार्दिक आह्वान पनि गर्दछौँ । 

हेर्नुहोस् विज्ञप्ति : 

No description available.

ad
ad