मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १८:२४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अतिक्रमणमा परेकाे राज्यको सम्पत्ति फिर्ता ल्याउन नसके एकछिन पनि मन्त्री पदमा बस्दिनँ : मन्त्री आले 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १८:२४:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयअन्तर्गतको अतिक्रमणमा परेकाे राज्यको सम्पत्ति फिर्ता ल्याउन नसके आफू एक सेकेन्ड पनि मन्त्री पदमा नबस्ने बताएका छन्। 

शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित दोस्रो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले मातहतका अतिक्रमित सरकारी सम्पत्ति फिर्ता गर्न नसके आफू एक सेकेन्ड पनि पदमा नबस्ने बताएका हुन् । राज्यको दोहन भएको सम्पत्ति फिर्ता ल्याउनु आफ्नो कर्तव्य भएको उनले बताए ।

विगतदेखि नै सरकारी जग्गाहरूमा अतिक्रमण भइराखेको भए पनि सम्बन्धित निकाय टुलुटुलु हेरेर बसेको भन्दै आफूले फिर्ता गराएरै छाड्ने उनले बताए। पदमा बसुन्जेल इमान्दारीपूर्वक देशको लागि काम गर्ने मन्त्री आलेले प्रतिबद्धता व्यक्त गरे ।

 मन्त्री आलेले सरकारी नियुक्ति पाएका कर्मचारीहरूले अन्य व्यक्तिहरूसँग बसेर सेटिङ गरेको भेटिएमा सह्य नहुने चेतावनी दिए। उनले भने, ‘नारायणहिटी दरबार संग्रहालयको कुरा भो, धर्मशालाको कुरा भयो । मैले भनेको छु, साथीहरूलाई पब्लिकको कोर्टमा यो बल गएको छ । यदि यो प्रोपर्टी हामीले रिटर्न ल्याउन सकेनौँ भने म त एक सेकेन्ड त्यहाँ बस्नेवाला छैन । मलाई त्यो नैतिकता पनि छैन । म बस्न पनि सक्दिनँ । राज्यको सम्पत्ति दोहन भएको छ, त्यो फिर्ता ल्याउने कर्तव्य मेरो हो । सचिवजीको हो । हामी सबै मन्त्रालय, सरोकारवाला, पशुपति क्षेत्र विकास कोष हामी सबैको साझा समस्या हो यो । हामी एक्टिभ्ली लागौँ । गोठाटारमा सयौँ टहरा बनेर त्यहाँ अतिक्रमण भइराखेको छ । विगतदेखि हामी टुलुटुलु हेरेर बसेका छौँ । पशुपति क्षेत्र विकास कोषको जग्गा अतिक्रमण गर्न पाइन्छ ? खोइ त ध्यान गएको त्यहाँ ? त्यसको लागि सचिव महेश्वर न्यौपाने नै चाहिने ? प्रेम आले नै चाहिने मन्त्री ? विगतदेखि सिस्टम बिग्रेको अवस्था मैले देखेको छु । हामी जति दिन बस्छौँ, देशको लागि काम गर्छौँ । राष्ट्रको लागि काम गर्छौँ । इमान्दारीताका साथ काम गर्छौँ । र, यसमा कसैले पनि गल्ती नगर्नु होला । कार्यालयमा नियुक्ति पाएका साथीहरू विभिन्न अर्को मान्छेसँग बसेर सेटिङ गर्ने यस्तो कामहरू भयो भने यो सह्य हुनेवाला छैन । तपाईंहरू राम्रो सँग काम गर्नुस् ।’

नेपालका क्यासिनोहरूले विगतमा मन्त्रीसँग सेटिङ गरेर कर नतिर्ने गरेको भन्दै उनले अहिले मन्त्रालय कर उठाउन लागेको बताए । आफूले राम्रो काम गरिरहे पनि केही मिडियाहरू भने आफ्नो विरुद्धमा लागेको भन्दै उनले गलत समाचारमा विश्वास नगर्न आग्रह गरे । उनले मन्त्रालयमा परिवर्तन देखिने गरी काम गर्न निर्देशन पनि दिए । 

मन्त्री आलेले पुँजीगत खर्चलाई वृद्धि गर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताए । पर्यटन मन्त्रालयको पुँजीगत खर्च न्यून छ भनेर शिर निहुराउनुपर्ने अवस्था आउन नदिने गरी काम गर्न उनले निर्देशन दिए ।