१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २८ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २८ शुक्रबार १४:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिपुरेश्वरमा वातावरणमैत्री ‘स्मार्ट शौचालय’ सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २८ शुक्रबार १४:oo:oo

काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वर बस बिसौनीसँगै ‘स्मार्ट शौचालय’ सञ्चालनमा ल्याएको छ।  एरोसान नेपालसँगको सहकार्यका निर्माण गरिएको शौचालयको शुक्रबार महानगरका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेका हुन्।

उद्घाटनपछि बोल्दै मेयर शाक्यले दिगो विकासका लागि वातावरणमैत्री पूर्वाधार निर्माण र प्रविधियुक्त सहरी सेवा सुविधा वितरणमा प्रतिबद्ध रहेको बताए। ‘सहरमा सार्वजनिक शौचालय चाहिन्छ भन्ने माग छ। तर, आफ्नोनजिक नबनाइदिनु भन्ने सर्त हुन्छ। त्यसैले हामीले काम गर्दा विवाद आउला कि, काम रोकिएला कि भनेर डराउनुपर्छ।’

एरोसानका प्रतिनिधि प्रकाश अमात्यले शौचालयमा बायो डाइजेस्टरसहित सबै प्रणाली थोरै ठाउँमा जडान गरिएको जानकारी दिए। उनले वातावरणमैत्री सार्वजनिक शौचालय बनाउन ठाउँ कम भएर बाधा नहुने बताए।

शौचालयमा भवनबाट आकाशे पानी संकलन, प्रशोधन र प्रयोग गर्न सकिन्छ। महिला, बालबालिका, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक सबैका लागि प्रयोगमैत्री हुनु, स्वचालित प्रविधिमा आधारित सुविधा, उत्पादित फोहोर वातावरणमा जानबाट रोक्ने प्रणाली रहेका छन्।