१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका कञ्चनपुर
Invalid date format १२:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानसेनापतिद्वारा कञ्चनपुरमा निर्माणाधीन होल्डिङ सेन्टरको निरीक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १२:४९:oo

प्रधानसेनापति प्रभुराम शर्माले कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा निर्माणाधीन होल्डिङ सेन्टरको निरीक्षण गरेका छन्। रक्षासचिव किरणराज शर्मासहित सुदूरपश्चिम प्रदेश पुगेका सेनापति शर्माले शुक्रबार बिहान एक हजार क्षमताको सो निर्माणाधीन होल्डिङ सेन्टर निरीक्षण गरेका हुन्।

गत वैशाखमा मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम नेपाली सेनाले निर्माण गर्ने भनिएको होल्डिङ सेन्टरको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ। सेनामार्फत होल्डिङ सेन्टर निर्माणको ठेक्का पाएको हनुमान कन्स्ट्रक्सन प्रालिले सेन्टर निर्माणको कार्य अन्तिम चरणमा पुगेको जनाएको छ। सो कन्स्ट्रक्सनका साइट इन्चार्ज लक्ष्मण सापकोटाले होल्डिङ सेन्टरको निर्माण कार्य ९५ प्रतिशत सकिएको र बाँकी काम यही फागुन मसान्तभित्र सम्पन्न गरी सम्बन्धित प्रदेश सरकारलाई हस्तान्तरण गर्ने प्रधान सेनापति शर्मालाई जानकारी गराए।

सेनाको श्री नम्बर २५ बाहिरी अड्डा भगतपुर ब्यारेकले होल्डिङ सेन्टर निर्माणको काम हेरिरहेको छ। बाहिनीले निर्माण कार्यको अनुगमन तथा सुपरिवेक्षण गर्ने गरेको छ। निरीक्षणका क्रममा प्रधानसेनापति शर्माले पारदर्शी ढंगले सो सेन्टरको बाँकी काम छिट्टै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।