Skip This
कमल थापा पार्टीमा फर्कनेमा आशावादी छु : पूर्वअध्यक्ष जबरा (भिडियोसहित)
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कमल थापा पार्टीमा फर्कनेमा आशावादी छु : पूर्वअध्यक्ष जबरा (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o१:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले हालै पार्टी परित्याग गरेका पूर्वअध्यक्ष कमल थापा पुनः पार्टीमा फर्किनेमा आशावादी रहेको बताएका छन्। बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकअघि सञ्चारकर्मीहरूसँग बोल्दै राणाले यस्तो बताएका हुन्।

पूर्वअध्यक्ष थापाले पार्टी परित्यागको घोषणा गर्नु अनपेक्षित घटना भएको उनले बताए। थापालाई धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन आफूले अनुरोध गरे पनि उनले अस्वीकार गरेकोमा दुःख लागेको बताए। 

‘यो अनपेक्षित घटना हो। उहाँको धेरै गुनासोहरू सार्वजनिक भइसकेको थियो । तर हाम्रो कुरा हुँदा यी सबै कुरालाई अलि धैर्य लिएर छलफल गरौँ भनेर मैले अनुरोध गरेको थिएँ । त्यो अनुरोध स्वीकार हुन्छ भन्ने आशा गरेको थिएँ । अपर्झट निर्णय आयो, दुःख लाग्दो कुरा हो। तीनै चरणको निर्वाचनमा पार्टीले गम्भीर भएर सोच्नुपर्छ । उहाँ पार्टीमा पुनः फर्किनुहोस् भन्ने आशा छ,’ राणाले भने।