१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Wednesday, 22 May, 2024
२o८१ जेठ ९ बुधबार o९:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

ओस्कर अवार्डको मनोनयन सूची सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ९ बुधबार o९:१६:oo

यस वर्षको ओस्कर अवार्डको मनोनयन सूची सार्वजनिक भएको छ । मंगलबार बेलुका सार्वजनिक भएको मनोनयन सूचीमा नेटफ्लिक्सको फिल्म ‘द पावर अफ द डग’ ले सर्वाधिक १२ वटा विधामा कब्जा जमाएको छ । बेनेडिक्ट कम्बरब्याच अभिनित यो चलचित्र र निर्देशकसहित ओस्कर अवार्डको १२ विधामा मनोनयन भएको हो । 

त्यस्तै फिल्म ‘ड्युन’ पनि उत्कृष्ट चलचित्र र निर्देशकसहित १० वटा विधामा मनोनयन भएको छ । फिल्म ‘वेलफास्ट’ र ‘साइड स्टोरी’ले उत्कृष्ट चलचित्रसहित ७ विधामा मनोनयन सुरक्षित गरेका छन् । ‘कोडा’, ‘डन्ट लुक अप, ‘ड्राइभ माइ कार’, ‘किङ रिचर्ड’, ‘लिकोराइस पिज्जा’ र ‘नाइटमेयर एली’समेत मनोनयनमा छानिएका छन् । 
भुटानबाट पावो छोयनिङ दोर्जीको फिचर फिल्म ‘लुनानाः ए याक इन द क्यासरुम’ उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मतर्फ मनोनयनमा परेको छ ।

ओस्कर मनोनयनमा छानिएसँगै भुटानका लागि यो अन्तर्राष्ट्रिय फिल्म जगतमा ऐतिहासिक सफलता मानिएको छ । भुटानका लागि अन्तर्राष्ट्रिय फिचर फिल्मको लागि दोस्रो ओस्कार प्रवेशको अवसर मिलेको हो ।  कोरोना महामारीको कारण विश्व फिल्म जगत्मा आएको परिवर्तनलाई मध्यनजर गर्दै यस वर्षको ओस्कार अवार्डलाई हर्ष उत्सवका रूपमा समेत हेरिएको छ । 

उत्कृष्ट १० चलचित्र :
वेलफास्ट, कोडा, डन्ट लुक अप, ड्राइभ माइ कार, ड्युन, किंग रिचर्ड, लिकोराइस पिज्जा, नाइटमेयर एली, द पावर अफ दी डग, वेस्ट साइड स्टोरी

ad
ad