१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार २o:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एक लाख ३० हजार मूल्यबराबरको अवैध सामान बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार २o:५५:oo

इलाका प्रहरी कार्यालय जमुनाहले अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणको अवैध सामान बरामद गरेको छ । भारतबाट लुकीछिपी ल्याउँदै गरेको एक लाख ३३ हजार ७६० रुपैयाँबराबरको अवैध सामान प्रहरीले बरामद गरेको हो । 

भन्सार छलेर ल्याउँदै गरेको सामान नेपालगन्ज उपमहानगरपालिका– १६, सुइयाबाट बरामद गरेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज सई मीनबहादुर विष्टले बताए । उनले बच्चाको ज्याकेट, टिसर्ट, धोती, कुर्तालगायतका बेवारिसे अवस्थामा रहेका लत्ताकपडा बरामद गरिएको बताए । 

प्रहरीलाई देखेपछि सामान ल्याउँदै गरेका तस्करहरू सामान छाडेर भागेको उनको भनाइ छ । बरामद गरिएको सामान थप कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयको जिम्मा लगाइएको उनले जानकारी दिए ।
 

ad
ad